एकिकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला स्तरिय शिक्षक विद्यार्थी पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कश्मामा पौष २९ गते आयोजना भएको कार्यक्रममा पर्वत जिल्लाका फलेवास नगरपालिका, कुश्मा नगरपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका का १/१ जना शिक्षक तथा विद्यार्थी गरि कुल १२ जना प्रतियोगीहरुकोे सहभागिता रहेको थियो ।

प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत शिक्षक विच भएको वक्तृत्वकला प्रतियोगितामा धर्मोदय मा.वि. पैंयु का शिक्षक ढाकाराम न्यौपाने प्रथम, पशुपती मावि मोदीका शिक्षक कमल तिमिल्सिना द्धितीय र शालिकराम मा वि विहादीका शिक्षीका संगिता पराजुली तृतीय हुन सफल हुनुभएको छ ।
त्यसै गरि विद्यार्थीहरु विच भएको वक्तृत्वकला प्रतियोगितामा नवजागृती मा.वि. मोदीमा अध्ययनरत विद्यार्थी आयुषा लामिछाने प्रथम , चन्द्र मा.वि. विहादीकी अमृता थापा द्धितीय र नमुना आवसिय मा.वि. कुश्माकी सजता गिरी तृतीय हुनुभएको छ ।
प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने सहभागीले क्रमश १० हजार ,७ हजार र ५हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

जिल्ला स्तरिय कार्यक्रमा प्रथम हुने शिक्षक विद्यार्थीलाई प्रदेश स्तरको कार्यक्रममा सहभागीका लागि पठाइने एकिकृत सेवा कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले प्रतिभा पहिचान कार्यक्रमले शिक्षक विद्यार्थीहरुमा सकारत्मक सन्देश दिने भएकोले यस्ता किसिमका कार्यक्रम अति आवश्यक रहेको वताउदै आयोजकलार्ई धन्यवाद दिनुभयो ।
कार्यक्रमा पर्वत जिल्लाका उच्च ओहोदामा रहेका निजामती सेवाका कर्मचारीहरुले मुल्यांकलन समितीमा रहेर कार्य सम्पादन गर्नुभएको थियो ।
मुल्यांकल समितिमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी बद्रीनाथ तिवारी र प्रमुख कोष नियन्त्रक ज्ञानमणी अर्याल रहनुभएको आयोजकले जनाएको छ ।कार्यक्रमको संचालन कार्यालयका सामाजिक बिकास तथा शिक्षा साखा प्रमुख घनराज केसीले गर्नुभएको थियो ।
गण्डकी प्रदेश सरकारले प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत शिक्षक हाजिरी जवाफ , शिक्षक विद्यार्थी वक्तृत्वकला तथा विद्यार्थी नृत्य प्रतियोगिताका जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।









