माघ २ पर्वत/
पर्वतको फलेवास मा स्थापना भै फलेवास नगरपालिका, कुश्मा नगपालिका र महाशिला गाउँपालिका कार्यक्षेत्र रहेको सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाकोे १७औं बार्षिक साधारण सभा पौष ३० गते ठानामौलामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी फलेवास नगरपालिका वडा नं. ७का वडा अध्यक्ष केशर पन्तले सहकारी संस्थाले वचत तथा ऋणको कारोवार सहित दुध उत्पादन,तरकारी खेती तथा आलुखेती प्रवद्र्धन जस्ता कार्यक्रम गरेको वताउदै आगामी दिनमा पनी उत्पादन मुखी कार्यक्रमलाई जोड दिनुपर्ने वताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य दर्शनसिंह घले, पुर्व जनप्रतिनिधी होम वहादुर पौडेल क्षेत्री, शिक्षा समितीका सदस्य गणेश प्रसाद तिवारी , लेखा समिती सदस्य रुपनारायण शेयर सदस्य कमल प्रसाद भुसाल ले शुभकामना मन्तव्य सहित आफ्ना भनाई राख्नुभएको थियो ।

साधारण सभामा सहकारी संस्थाका सह सचिव गोविन्द भुसालले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गनूभएको थियो भने कोषाध्यक्ष प्रमिला पन्तले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो जस अनुसार गत वर्षमा १ करोड ९२ लाख ५४हजार छ सय चौसठ्ठीको आर्थिक कारोवार भएकोमा साधारण सभाले पास गरेको छ ।
साधारण सभाले चालु आवका लागि रु २ कारोड ६४ लाख ६१ हजार सात सय वजेट पास गरेको छ । चालु वर्षको निती तथा कार्यक्रम उपाध्यक्ष कृष्ण प्रसाद तिवारीले प्रस्तुत गर्नूभएको थियो ।
सहकारी संस्थाले वचत संकलन कार्य संगै कृषि उत्पादन मार्फत जिविकोपार्जन कार्यलाई लाई जोड दिने सहकारी संस्थाका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले वताउनु भयो छ ।

साधारण सभामा उत्कृस्ट शेयर सदस्य दिलिप कुमार गूरुङ, उद्यमी तर्फ बिमा कुमारी तिवारी उत्कृष्ट वचत कर्ता राधिका कुमारी भुसाल र उत्कृष्ट बचत संकलन केन्द्र प्रमुख शर्मीला थापा क्षेत्री र ढाकाराम भुसाललाई लाई सम्मान गरिएको थियो । त्यसै गरि संस्थापक अध्यक्ष मेघराज शर्मा तथा फलेवास नपा ३ निवासी समाजेवी नेत्र जिसीलाई सहकारी संस्थाको हितमा काम गरेकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्य परिवार वाट एसईई परिक्षमा उत्कृष्ट जिपीय ल्याउने विद्यार्थीहरु २०८० का शुसिल भुसाल, शोभा थापा क्षेत्री, २०८१का समिर तिवारी र ओजश्वी भुसाललाई नगद रु ३०००र प्रशंसा पत्र सहति सहित सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव रमेश प्रसाद रिजालले गर्नुभएको थियो ।








