माघ १२/
“कुष्ठरोगको छ ओखती, सामाजकि लाञ्छना र बिभेद मुख्य चुनौती ”भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ७३ औ विश्व कुष्ठरोग दिवस मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश अस्पताल पर्वतका कन्सल्टेन्ट फिजिसियन डा. मिलन अवाले ले नेपालमा हाल कुष्ठरोगको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो प्रति दश हजारमा १ जना भन्दा कम कुष्टरोगी रहेको आधारमानी नेपाललाई कुष्ठरोग निवारण घोषणा गरिएको हो ।

हाल तराई लागाएत केही पहाडी जिल्लामा अझैपनी कुष्ठरोगीहरु भेटिएका छन् । पर्वतमा कुष्ठरोगीहरुको तथ्यांक हेर्दा पछिल्ल्लो चरणमा घढ्दै गएको छ । यो रोग मानसिबाट मानसिमा श्वास–प्रश्वास (Droplet Infection) र सिधा सम्पर्कको माध्यमबाट सर्दछ भने हालसम्म यो रोग अन्य जनावरमा भएको पाईएको छैन ।
शुरुकै अवस्थामा समयमा नै रोगको निदान र बहु औषधी(Multi Druug Treatment-MDT) बाट उपचार गरेमा यो रोग पुर्णरुपमा निको हुन्छ र अपाङ्गता हुदैन साथै अरुलाई रोग सर्दैन ।
गत आवमा ४ जना कुष्ठरोगी भेटिएकोमा यस आर्थिक वर्षको पौष मसान्त सम्म पर्वतमा पछील्लो आव २ जना नया कुष्ठरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रम मा वोल्दै जिल्ला समन्वय समितीका प्रमुख विष्णूराम विकले कुष्टरोगीहरु लाई समाजले हेर्ने दृष्टिीकोण नकारत्मक भएका कारण पनि कतिपय रोग लागेका मान्छेहरु समाजमा नखुलेको वताउदै सम्मानजनक व्यवहार गर्नुपर्ने वताउनुभयो ।
जनस्वास्थ्य कार्यालय पर्वतको आयोजना सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगाएत पर्वतममा क्रियाशिल पत्रकारहरु तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यालय प्रमुख वद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायण प्रसाद रेग्मीले गर्नुभभएका थियो भने स्वागत मन्तव्य फोकलपर्सन तेज प्रसाद सुवेदीले राख्नुभएको थियो ।








