निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको लिमिठानामा गाउँघर क्लिनिक भवन हस्तान्तरण

१० माघ २०८२/
गुुड नेर्वस इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र द्धारा निर्मित गाउँघर क्लिनिक हस्तान्तरण गरिएको छ । गाउँघर क्लिनिक निर्माण कार्यमा फलेवास नगरपालिकाको समन्वय रहेको थियो ।

नवनिर्मित गाउँघर क्लिनिक भवन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी र कोरियन ब्राईट मर्निङ परिवारका सदस्यले संयूक्त उद्घाटन गर्दै भवन हस्तान्तरण गरिएको हो ।

पर्वत ओआरसी सुदृढीकरण परियोजना (Parbat ORC Strengthening Project) अन्तर्गत पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका सिमलचौर, छाम्मी र भिरकुनामा ३ वटा गाउँघर क्लिनिक निर्माण सम्पन्न भएका छन् ।


भवन उद्घाटन गर्दै नगर प्रमुख तिवारीले सामाजिक भावनाका साथ ग्रामिण वस्तीमागाउँघर क्लिनिक निर्माण गरेकोमा सहयोगी निकायलाई धन्यावाद व्यक्त गर्नुभयो ।
उँहाले गाउँघर क्लिनिक निर्माण सम्पन्न भएपछी वालवालिका, वृद्ध तथा सुत्केरीहरुको स्वास्थ्य सेवा प्रवाहमा सहज हुने वताउदै नगरपालिका तथा स्वास्थ्य चौकी वाट निरन्तर सहयोग र सहकार्य रहने बताउनु भयो ।

कार्यक्रममा वोल्दै मूख्य सहयोगी दाता व्राईट मर्डिङ परिवारका सदस्यले गाउँघर क्लिनिक भवन स्वर्गीय सुश्री म्युङजो किमज्यू को सम्झनामानिर्माण गरिएको बताउदै आफ्नो परिवारको तर्फवाट सामाजिक सेवा गर्न पाउदा खुशी महसुस भएको वताउनुभयो । उहाले भविष्यमा सधै स्थानियवासीहरुले स्वास्थ्य सेवा लिने वातवरण गराउन अनुरोध गर्नूभयो ।
उहाले भन्नुभयो आज हामीले ढोका खोलेर उद्घाटन गर्यौ , यो ढोका सधै विरामीको सेवाका लागि खुला रहोस हामी यसैमा खुसीहुने छौ ।

भवन उद्घाटन कार्यक्रममा फलेवास नगरपालिका उप प्रमुख शोभा कुमारी क्षेत्री वडा अध्यक्ष केशर पन्त , कुश्मा नगरपालिका का निवर्तमान उप प्रमुख सिता शर्मा काफ्ले ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भवन निर्माण दातालाई सामुदायिक महिला स्वंयमसेविका, लिमिठाना स्वास्थ्य चौकी , फलेवास नगरपालिका ७ नं. वडा कार्यालय र फलेवास नगरपालिकावाट सम्मान स्वरुप धन्यवाद पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा जग्गादाता लगायतगुुड नेर्वस इन्टरनेशन,नेपाल लाई धन्यवाद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास शर्माको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा स्वागत मन्तब्य समाज कल्याण श्रोत विकास केन्द्रका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले राख्नु भएको थियो भने कार्यक्रमको संचालन एकिकृत सामुदायिक विकास परियोजना अधिकृत रमेश प्रसाद रिजालले गर्नूभएको थियो ।

नवचेतना सामुदायिक विकास केन्द्रले गुुड नेर्वस इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत समुदायमा स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु संचालन गर्दै आएको परियोजनाका जनस्वास्थ्य अधिकृत बिमल अधिकारीले जानकारी दिनुभयो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img