निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र ३, २०८२
Tuesday, March 17, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कास्कीको बाँसकोटमा त्रिलोकेश्वर महादेव मन्दिर उद्घाटन । सामुहिक पुजा सम्पन्न


फागुन ।/ पोखरा महानगपालिका वडा नंं २४ बासकोटमा त्रिलोकेश्वर महादेव मन्दिर निमार्ण सम्पन्न भएको छ । निर्माण सम्पन्न मन्दिर महाशिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको हो ।

मन्दिरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याले हिन्दुधर्ममा आस्था राख्ने सवै समान भएको वताउदै समाजमा धार्मिक सहिष्णुता कायम गर्न आवश्यक रहेको वताउनुभयो । उँहाले धर्म र वर्गका आधारमा गरिने विभेद गैरकानुनी भएको वताउदै मानव मानव सवै समान भएको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी पदम विक लोहर ,वडा अध्यक्ष भरत वहादुर अधिकारीले सुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा समाजसेवीहरु भोला तिवारी , शान्त रोका दिलमाया विक बास्कोट आमा समुह अध्यक्ष मनिषा गिरी, जेष्ट नागरिक मोतिलाल गौतम ,रुकमाया गौतमको उपस्थिती रहेको थियो ।

मन्दिरको पुजा हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यय मन्दिर संकल्प कर्ता नरहरी गौतम, शिल्पकार आध्यत्मिक परिषदका अध्यक्ष पदम विक लोहार, रामसुनार रसाइली, कर्ण वहादुर विक, गणेश वराइली, लक्ष्मण रसाइली, तान्त्रीक गुरु सुक वहादुर लाम्गादे विक, चन्द्र वहादु नेपाली, क्षेत्र वहादुर परियार, वुद्धि वहादुर परियारले संयूक्त रुपमा गर्नुभएको थियो।

समाजमा सही मार्ग दर्शनकाका लागि हरेक वस्ती वस्ती बाट सकारत्मक शन्देश दिनुपर्ने श्रीहरी विकले वताउनु भयो ।

त्रिलोकेश्वर महादेव मन्दिरलाई देश विदेशवाट आर्थिक सहयोग जुटाउदै समाजमा रहेको बिभेदलाई अन्त्य गर्न आफु निरन्तर समाजिक सेवामा लागेको सामाजिक अभियान्त राजेन्द्र प्रसाद भुसालले वताउनुभयो ।

मन्दिरका संकल्पकर्ता हिन्दु जागरण नेपालका केन्द्रय सदस्य नरहरी गौतमले सवै समुदायका गूरुहरुले सवैलाई समानरुपमा व्यवहार गर्न अनुरोध गर्नूभयो ।उद्घाटन कार्यक्रमको संचालन बिष्णू गौतमले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img