निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, चैत्र ४, २०८२
Wednesday, March 18, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा ग्यास लिक भएर आगलागी, एक करोड बराबरको क्षति

पर्वत — जिल्लाको कुश्मा नगरपालिका–९, साइकलचोक ९कटुवा चौपारी क्षेत्रमा रहेको एक दूध डेरीमा मंगलबार दिउँसो करिब २ः४० बजे आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रारम्भिक जानकारीअनुसार ग्यास लिक भई आगो सल्किँदा उक्त घटना भएको बताइएको छ।

डेरी सञ्चालक रामसागर लामिछानेका अनुसार दूध तताउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो। आगलागीका कारण डेरीभित्र रहेका किराना सामग्री, दूध चिस्याउने मेसिन, भाँडाकुँडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

उनका अनुसार डेरीतर्फ मात्रै करिब ७४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

त्यस्तै, सोही घरमा डेरा गरी बस्दै आएका यामनाथ सुवेदीका सम्पूर्ण घरायसी सामग्री पनि आगोले जलेर नष्ट भएका छन्। समग्र क्षति मूल्याङ्कन गर्दा करिब एक करोड रुपैयाँको हाराहारीमा पुगेको अनुमान गरिएको छ।

आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किँदा आगो झन् फैलिएको र घरमा ठूलो क्षति पुगेको जनाइएको छ। चार कोठा रहेको उक्त घर  जलेर नष्ट भएको छ। उक्त घर स्थानीय बासुदेव अधिकारीको रहेको बताइएको छ।

आगो लागेपछि स्थानीय बासिन्दाहरू तुरुन्तै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएका थिए। स्थानीयको सक्रियताका कारण आगो अन्य  फैलिनबाट जोगिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img