चैत्र ४ पर्वत
चारभञ्याङ तमु समाज हङकङको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको छ । फलेवास नगरपालिका वडा नं ८ मा रहेको श्री शिशूकल्याण आधारभुत विद्यालय र श्री सरस्वती प्रावि नेपानेका ४६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
जसअन्तरगत सरस्वती प्राविका २८ जना विद्यार्थीहरुलाई झोला र शिसुकल्याण आधारभुत विद्यालयका १८ जना विद्यार्थीहरुलाई कपी कलम वितरण गरिएको हो ।

कार्यक्रममा चारभञ्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष क्या.देउ वहादुर गूरुङले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । उँहाले शैक्षिक गुणस्तरका लागि शिक्षक विद्यार्थी अभिभावकहरुको समान भुमिका रहेको वताउदै सबैले भुमिका खेल्नुपर्ने वताउनु भयो ।
कार्यक्रमा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवीहरुको उपस्थिीती रहेको थियो ।

चारभञ्याङ तमु समाज हङकङले पछिल्लो समय सक्रियता वढाउदै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको नि अध्यक्ष गंगा वहादुर गूरुङले वताउनु भयो ।
उहाका अनुसार समाजले कुनै दातृ निकायवाट सहयोग नलिएको चारभञ्याङ तमु समाजका सदस्यहरुवाट प्राप्त सहयोगले नै विभिन्न कामहरु गर्दै उहाले जानकारी दिनुभयो सदस्यहरु वाट प्राप्त सहयोग वाट ठानामौलाका विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरिएको उहाको भनाई छ ।

चारभञ्याङ तमु समाज हङकङ स्थापना गरेर आफ्नो गाँउ ठाउमा शैक्षिक अभियानमा सहयोग गर्न पाउदा निकै खुसी रहेको समाजका अध्यक्ष तारा प्रसाद गुरुङले वताउनु भयो ।
पछिल्लो समय चारभञ्याङ तमु समाज ग्लोवले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा हङकङ वाट पनि सहकार्य र सहयोग हुदै आएको समाजले जनाएको छ ।









