१९ जेठ २०८३/
पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
सोमबार खानीगाउँको वडा कार्यालय परीसरमा सम्पन्न भएको शिविरमा विशेषज्ञ डाक्टरहरुले विरामिहरुको ए.आई जडित प्रविधिद्धारा स्वास्थ्य परिक्षण गरेका हुन् ।
“समय अबको, क्षयरोग अन्त्यको”, “क्षयरोग अन्त्यको लागि लगानी बढाऔँ, जीवन बचाऔँ” भन्ने नाराका साथ सञ्चालन गरिएको शिविरमा कुपोषित र मधुमेह तथा दिर्घरोगका विरामिहरु, विगतमा क्षयरोगका विरामी भएको परिवारमा सबोबास गरेका व्यक्तिहरु, दुई हप्ताभन्दा लामो समयदेखी खोकी लागेका ५ देखी १४ वर्ष उमेर समुहका बालबालिकाहरु, फोक्सोमा समस्या भएका अन्य सवै व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
सोमबार विहान ८ बजेदेखी साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा फलेवास नगरपालिकाका विभिन्न वडाका ३२० जनाभन्दा धेरै विरामिहरुले स्वास्थ्य परिक्षण गराएको फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र प्रसाद शापकोटाले जानकारी दिनुभयो ।
आफ्नै गाउँमा आएर निशुल्क स्वास्थ्य परिक्षण गराउने सुनौलो अवसर प्रदान गरेकोमा सेवाग्राहिहरुले खुसी व्यक्त गर्दै आयोजक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।









