निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कुश्मा बहुमुखी क्याम्पस : एकीकरणको नमुना

२१ जेष्ठ २०८३

पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।
२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस एकीकरण गरि नँया नामकरण गरिएको हो ।
एकीकरणको प्रक्रिया १० महिना पछी त्रि. वि. ले मान्यता दिए पछि हाल नयाँ नामकरण कुश्मा बहुमुखी क्याम्पस रहेको छ ।

सामान्यतय दूई क्याम्पस एकीकरण गर्दा एउटा अर्को संग विलय हुने प्रक्रिया तापनि पर्वतमा एकीकरण गरिएको विधि देश भरिकै नमुना अभ्यास भएको क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

हामीले निकै लामो अभ्यास पछि दइु क्याम्पसहरु एकीकरण गर्न सफल भयौ । एकिकरण गर्नु एउटाको विलयहुनु भए पनी हामीले दुवै क्याम्सको सह–अस्तीत्व रहने गरि नयाँ नामकरण गर्न सफल भयौ पहाडीले वताउनु भयो । यो एकीकरण कार्य कुश्मा क्षेत्रको सामुदायिक एकता र हार्दिकताका लागि कोशे ढुंगा सावित भएको छ उहाँले थप्नु भयो ।

जनसंख्य घट्दो दरमा रहेको साथै युवहरु विदेश जाने लहर सगै विद्यार्थीहरुको संख्या दुवै क्यम्पसमा कम भएको अवस्थामा दुवै क्याम्पसहरु एकीकरण गरि सञ्चालन गर्दा आर्थिक भार कम हुने साथै शैक्षिक गुणस्तरमा समेत सुधारहुने भएकोले एकीकरण गर्दा थप प्रभावकारी भएको का.मु. क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले जानकारी दिनुभयो ।

२०८३ जेष्ठ २३ गते शनिवार आयोजन गर्न लागिएको प्रथम बार्षिकोत्सवको अवसरमा आज क्याम्पस प्रांगण शिवालय ब्लकमा आयोजना गरिएको पत्रकारहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख लेखनाथ उपाध्याले क्याम्पसको समग्र प्रगतीको वारेमा जानकारी गराउनु भयो ।

क्याम्पसवाट समयमानै भर्नाका लागि आवहान गरे पनी अन्तिम अवस्थामा मात्र विद्यार्थीहरु भर्नाका लागि आउने साथै केही विद्यार्थीहरु विचमै पढाई छोडेर विदेश जाने समस्यरहेको पनि उपाध्याले वताउनुभयो ।

आज बिहीवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले दुइ क्याम्पस एकिकरण गरि नँया नामकरण गरि सञ्चालन गरिएकोमा नमुना कार्य भएको बताउदै क्याम्पस एकिकरणले एकताको शन्देश दिएको वताउदै भविष्या थप प्रगतीको कामना गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बसन्त कुमार कर्माचायले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नूभएको थियो । कार्यक्रमा उपस्थित पत्रकारहरुले सुझाव तथा जिज्ञासा राखेका थिए ।

कुश्मा वहुमुखी क्याम्पसमा हाल ३७८ जना विद्याथीहरु रहेकोमा ६५ जना विद्यार्थीहरुले विभिन्न संघ संस्थाहरुवाट छात्रवृत्ती प्राप्त गरेको साथै २० जनाले आन्तरिक स्रोतवाट छात्रवृत्ती प्राप्त गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img