निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत फलेवासकी सन्तु नेपालीको हत्याका अभियुक्त पत्रकार सम्मेलन गरि सार्वजनिक

२७ जेठ २०८३,पर्वत/

फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपाली भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार फलेवास नगरपालिका ५ खानिगाउका वर्ष २८ का कुशल पुरीले जेठ ७ गतै राती कोदालो प्रहार गरेर हत्या गरेको खुलेको छ ।

हत्या पछी मृतकले लगाएको १० वटा सुनका मून्द्र र एक थान सिक्री लुटपाट गरेको पाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका नायव उपरिक्षक बिजय यादवले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले जेठ २७ गते पत्रकार सम्मेलन आयोजना गरी हत्याको को वारेमा जानकारी गराएको हो ।


प्रहरीको अनुसन्धानका आधारमा कुशल पुरीको गतीविधीहरु संकासपद देखिएको र उनी सम्पर्क वाहिर रहेकोमा खोजतलासको आधारमा पर्वतको मोदी गाउपालिका पातिचौरको एक होटलमा लुपिछीपी वसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अभियूक्त पुरीले कोदालो प्रहार गरि हत्या गरेको स्वीकारेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img