निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

४ माना वाट ४० मुरी , दुःखमा सहारा वन्दै धर्मभकारी

डिल व वि .क.
२७ कार्तीक / पर्वत

पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।
समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि यँहाका वासिन्दाले धर्मभकारी भने लोप हुन दिएका छैनन् ।
३० वर्ष अगाडी गाँउको ढुकडीको रुपमा ४/४ माना अन्न उठाएर शूरु गरिएको धर्म भकारीमा अहिले सम्म ४० मुरी कोदो संकलन भएको छ ।
वर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउले भेला भएर यही अन्न पैचो लगेर काम चलाउछन् भने हिउदामा सवैले आफुले लगेको अन्नमा केही थपेर धर्म भकारीलाई फिर्ता गर्ने चलन अहिले सम्म चलिआएको छ ।
धर्मभकारी वाट कोदो लाने व्याक्तिले १० पाथी कोदो लगेकोमा २ पाथी थपेर मंसिरमा फिर्ता गर्ने गरेका छन् ।
भकारीवाट कोदो सापटी लगे पछी कोदोनै फिर्ता गर्नुपर्छ पैसा तिर्न भने पाईदैन । आफूले लगेको अन्न मंसिरमा फिर्ता गनूपर्ने भएकोले सदस्यले आफ्नो वारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानिय स्तरमा कोदो खेती पनि लोप नहुने समितिका सदस्य रत्न व गूरुङले वताउनु भयो ।
कहिले महामारी अनिकाल हुनसक्छ जेष्ठ असारमा खेती लागाउने समयमा केही नभएपनि धर्म भकारीको कोदो वाढेर समस्यामा परेकाहरुलाई सहयोग गरिन्छ । विपन्न असायहरुलाई पहिला भाग लगाउछौ पुगे मात्र सवैलार्ई वाढ्छौ । धर्मभकारी संरक्षण कोषका अध्यक्ष नन्दु गूरुङले वताउनु भयो ।
धर्म भकारीमा रहेको अन्न प्राय जेष्ठ महिनामा वाढ्ने हुदा मंसिर सम्म भने भकारी खाली रहने र मंसिरमा सवैले अन्न फिर्ता गर्ने हुदा भरिने चलन रहेको छ । अन्न धेरै भएको अवस्थामा गाउलेको भेलाले विक्री गर्ने पराम्परा समेत रहेको पाइन्छ ।
वाउ वाजेको पालादेखी संचालनमा रहेको धर्म भकारी अफ्ठ्यारो पर्दा दूःखको साहारा वनेको छ । हामीले यसको संरक्षण गर्दै आएका छौ गूरुङले वताउनु भयो । अहिले गाउमा खालिघर खोजेर भकारीमा अन्न राख्ने गरेको पनि उहाले वताउनु भयो ।
कुनै पनि वेला प्राकृतिक प्रकोपको समस्याहूदा ,अनावृष्टि हुदा अन्नको संकट हुन नदिन नेपालमा ग्रामिण वस्तीहरुमा धर्म भकारी स्थापना भएको अझै पनि भेटिन्छ ।

तत्कालिन समयमा गाँउमा वन नभएको अवस्थामा वृक्षरोपोण गरि लोसेको वन संरक्षणका लागि वनको हेरालो राख्न श्रोत नभएकाले गाउलेहरु मिलेर कोदो उठाएर धर्म भकारी स्थापना गरेको स्थानिय श्याम वहादुर कवंरले जानकारी दिनु भयो ।
ढुकुटीमा कोदो वढ्दै गएपछि वढी भएकोकोदो राख्ने ठाउ नहुदा वेच्ने गरेको पनि उहाले वताउनु भयो ।
ठानामौलाका ३,४ र ५ का गाउले मिलेर संचालन गरेको धर्म भकारी दूःखका वेला सहारा वन्दै गएको छ । धर्म भकारीले गाउमा आत्मियता र सहयोगको भावना रहदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img