निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत जिल्लाको कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् । दुवैजना बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका हुन् ।

कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको प्रदेश स्तरीय बाल प्रतिभा छनोट प्रतियोगितामा विद्यालयको कक्षा १० र ९ मा अध्ययनरत विद्यार्थीद्धय क्रमशः सानिया श्रेष्ठ साहसिक खेल र प्रतीक शर्मा कविता विध मा उत्कृष्ट भएका हुन् ।

वाल प्रतिभा छनोटमा उत्कृष्ट बनेका विद्यार्थीलाई प्रदेश सरकारको तर्फबाट प्रति विद्यार्थी २० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।जिल्लामा संचालित कालीगण्डकी एकेडेमीले विगतका वर्षहरुमा पनि विभिन्न प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको र सहभागि विद्यार्थीहरुले उत्किृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img