निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

भारी वर्षातका कारण पोखराको कमलपोखरी क्षेत्र डुबानमा


१६ साउन, पोखरा । आइतबार देखी लगातार परेको वर्षाले पोखरा महानगर वडा नम्बर १३ कमलपोखरी क्षेत्र डुबानमा परेको छ । त्यहाँका एक सयभन्दा बढी घरको भुइँ तल्लामा पानी भरिएको छ ।

पोखराको कमलपोखरी क्षेत्र डुबानमा परेको यो पहिलो पल्ट हैन, यो यस्तो ठाउँ हो जहाँ सामान्य वर्षातमै पनि डुबान हुन्छ । मानवीय क्षति नभए पनि लाखौंको भौतिक क्षति बर्सेनि भइरहेको छ ।

आखिर किन बर्सेनि डुबानमा परिरहन्छ त पोखराको कमलपोखरी क्षेत्र

कारण र घटनाक्रम बुझ्न ३० को दशकमा फर्किनुपर्छ । २०३२ सालमा पोखराको वृहत विकास योजनाको नक्सा कोरिएको थियो । पोखरा नगर योजनाका सदस्य सचिवमा पदमबहादुर खत्री र अध्यक्षमा थिए तत्कालीन अञ्चलाधीश प्राडा शंकरराज पाठक ।

त्यो बेलानै नेपालमा पहिलोपटक ल्यान्डपुलिङ अर्थात जग्गा एकीकरण अवधारणा भित्रिएको थियो । त्यतिबेलाको योजनाले नै बडुवा अर्थात् हालको पोखरा १३ कमलपोखरी क्षेत्रलाई कृषि क्षेत्रका रुपमा तोकेको थियो ।

बडुवा कृषि क्षेत्र तोकेकाले त्यहाँको जमिन केवल कृषि क्षेत्रका लागिमात्रै प्रयोग गर्ने र संरचनाका हिसाबले अस्थायीमात्रै बनाउन पाउने भनिएको थियो । तर, न नगर योजनाले आफ्नो बृहत योजनालाई कार्यान्वयन गर्‍यो न नेपाल सरकार र स्थानीय सरकारले योजनाअनुसार मापदण्ड नै पालना गरे ।

‘मेरो काम पोखराको भौगोलिक अवस्थालाई हेरेर नक्सा बनाइदिने काम थियो । त्यो नक्साअनुसार सम्बन्धित निकायले काम गर्ने हो,’ पाठकले भने, ‘अहिले त मैेसँग त्यो नक्सा छैन । कोसँग नक्सा छ रु के गरिराछन्, त्यो पनि थाहा छैन ।’

अध्येता विश्व सिग्देल ०३२ सालमा त्यहाँ मानववस्ती विस्तार नभइसकेकाले तत्कालीन समयदेखि नै नगर योजनाअनुसार काम गर्न सकेको भए हालको विपद् भोग्नुनपर्ने बताउँछन् । ‘सोही योजना काम भएको भए प्लटिङ गर्न, त्यहाँका प्राकृतिक अवस्थालाई छेडछाड गर्न रोकिन्थ्यो । रोक्नैपर्थ्यो । तर, रोकिएन,’ उनले भने ।

सरकारी तवरबाटै गम्भीर रुपमा नलिइँदा अहिले प्रत्येक बर्खामा यहाँ बसोबास गर्नेले विपद्को सामना गरिरहनु परेको सिग्देल सुनाउँछन् । ‘सरकारी निकायबाटै गम्भीरतापूर्वक लिइएन । सक्नेले घडेरी बनाए, किन भने किने । सोझा जनताले किने,’ उनी भन्छन्, ‘मालपोतले पनि पास गर्‍यो । कित्ताकाट दियो । नगर विकासका योजनाहरु मालपोतमा पनि छन्, नापीमा पनि छन् ।’

सिग्देलका अनुसार बडुवा क्षेत्रमा घर बनाएका अधिकांशको आर्थिक हैसियत पनि बलियो छैन । वैदेशिक रोजगारमा कमाएको आम्दानीले अन्य ठाउँबाट त्यहाँ आएर बसोबास गरिरहेका हुन् । ‘त्यहाँ बस्न आउनेहरु अन्य ठाउँको तुलनामा गरिब नै हुन् । धनीमान्छे चिप्लेढुंगा क्षेत्रमा बस्थे । विदेशमा गएर कमाएर ल्याएको पैसा नै त्यहाँ लगानी भएको हो,’ उनी भन्छन् ।

काहुँडाँडामा अनधिकृत रुपमा संरचनाहरु बनिरहेका छन् । जथाभावी बाटो बनिरहेका छन् । त्यसले गर्दा पहिले डाँडामै अडिएर त्यही रिचार्ज हुने पानी अहिले मुस्किलले १०र१५ प्रतिशतमात्रै सोस्न पाउँछ, बाँकी बगेर तलै आउने हो, बडुवा बचाउन काहुँ बचाउनुपर्छ ।
कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा परिरहने अर्को कारण सिमसार क्षेत्र पनि हो । सन् २०१६ सालमा कमलपोखरी क्षेत्र अन्तर्राष्ट्रिय रामसार क्षेत्रमा पनि सूचिकृत पनि भइसकेको छ । ‘रामसार सूचीमा परिसकेपछि नेपाल सरकार र त्यसका निकायहरुले मापदण्ड पालना गर्नुपर्थ्यो,’ सिग्देलले भने, ‘त्यहाँ निर्माणलाई निषेध गर्ने, मात्र कृषि प्रायोजनका लागि दिइनुपथ्र्यो । सिमसार क्षेत्रको त्यो नियम नै हो ।’

पोखरा १३ का निवर्तमान वडाध्यक्ष दर्शन लामाले पनि आफ्नो कार्यकालमा बर्सेनि कमलपोखरी क्षेत्र डुबानमा परेको स्मरण गर्छन् । तर, उनी भने नजिकै रहेको काहुँखोलाको उचाइँ बस्ती रहेको जमिनभन्दा माथि रहेकाले खोला बढ्दा पानी बस्तीमा पस्ने गरेको बताउँछन् ।

लामाका अनुसार खोलाको सतहभन्दा बडुवा क्षेत्र २ मिटर तल छ । ‘खोलाको सतहभन्दा जमिनको भाग तल भइसकेपछि त्यहाँबाट पानी बगेर आउने बस्ती मै हो । त्यसमाथि तलबाट पनि जमिनबाट पानी आइरहेको हुन्छ,’ उनले भने, ‘अर्को भनेको उचित नालाको व्यवस्थापन नहुनु नै हो ।’ त्यहाँ जम्मा हुने पानी अन्डरग्राउन्ड बाइपास गरेर घट्टेकुलोमा नलैजाँदासम्म समस्याको समाधान नहुने बताए ।

निवर्तमान वडाध्यक्ष लामाको भनाइलाई आंशिक सत्य मान्छन्, अध्येता विश्व सिग्देल । उनकाअनुसार पोखरा १३ को कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा परिरहनुमा नजिकै रहेको काहुँडाँडाको विकास पनि कारक छ ।

‘काहुँडाँडामा अनधिकृत रुपमा संरचनाहरु बनिरहेका छन् । जथाभावी बाटो बनिरहेका छन् । त्यसले गर्दा पहिले डाँडामै अडिएर त्यही रिचार्ज हुने पानी अहिले मुस्किलले १०र१५ प्रतिशतमात्रै सोस्न पाउँछ, बाँकी बगेर तलै आउने हो,’ उनले भने, ‘बडुवा बचाउन काहुँ बचाउनुपर्छ ।’

सिमसार, रामसार सूचिकृत क्षेत्रमा मानव वस्ती बस्नुअघि उक्त ठाउँमा त्यसरी लामो समयसम्म डुबान नभएको सिग्देलको अनुभव छ । उनकाअनुसार पहिले सामान्य डुबान पर्ने भए पनि प्राकृतिक नाली, कुलो भएकाले पानी आफैं तर्किन्थ्यो । कृषि खेती पनि क्षति पुर्‍याउँदैन थियो ।

तर, अहिले मानव बस्ती बढेसँगै कुलो पनि अतिक्रमणको तीव्र चपेटामा परेको छ । प्राकृतिक निकास नै अवरुद्ध हुन पुग्दा पानी धेरै दिनसम्म जम्न पुगेको सिग्देल सुनाउँछन् । ‘पहिले आफैं पानीले निकास खोज्थ्यो । करिब ४ मिटर प्राकृतिक निकास खोलो थियो,’ सिग्देलले भने, ‘अहिले त त्यो मुस्किलले २ मिटर पनि छैन ।’

३२ सालको नामको नापीमा उक्त क्षेत्रको जस्तो नाला नक्सांकन गरिएको थियो त्यसैअनुरुप अहिले पनि त्यहाँका खोला र नालालाई संरक्षण गर्न सके केही मात्रामा भए पनि डुबानको असर कम हुने सिग्देलको सुझाव छ । अनलाइन खवर वाट साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img