निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मतदाताको घरदैलोमा पुगे मित्रलाल वस्याल, ठानामौला र लिमिठानाका मतदाता उत्साहित


पर्वत
नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान अन्र्तगत फलेवासका विभिन्न वडामा सम्पन्न भएको छ । प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्याल सहितको टोलि जनताको घरदैलोमा पुगेर मतदाता संग भेटघाट गरेका हुन् । मतदाताको घरदैलोमा उम्ममेदवार पुग्दा मतदाताहरु उत्साहित भएका छन् ।
प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्यालले फलेवासका विभिन्न वडामा पुगेर मतदाता संग भेटघाट गर्दै फलेवासकोे विकासमा आफु निरन्तर लाग्ने वताउनु भयो । उहाले फलेवास लमायखोला देखी ठानामौला हुदै थापाठाना जाने मोटरवाटो पहिलो प्राथामिकतामा राखेर काम गर्ने ,फलेवास नगरपालिकाले विगत वर्षदेखी संचालन गर्दै आएको फलफुलखेती प्रवद्र्धन कार्याक्रमलाइ प्रभाकारीे वनाउने तथा यस क्षेत्रमा संचालनमा रहेको चार भन्ज्याङ सामुदायिक होमष्टे लाई नमुना होमष्टे वनाउन पहल गर्ने वताउनु भयो । फलेवास लगाएत समग्र दक्षिण क्षेत्रको विकासको लागि समेत आफ्नो उम्मेद्वारी रहेको वताउदै निर्वाचन क्षेत्रमा सडक,खानेपानी,स्वास्थ्य,शिक्षालाई पहिलो प्राथामिकतामा राखेर विकास गर्ने समेत वताउनु भयो । आफनो उम्मेदवारीले दक्षिणका मतदाताहरु समेत उत्साहित भएको उहाले वताउनु भयोे ।

निर्वाचन परिचालन कमिटीका संयोग पदमपाणी शर्मा लगाएत पूर्व मन्त्री समेत रहेका विकास लम्साल , प्रदेश सदस्य देवेन्द्रराज पाण्डे , प्रदेश निर्वाचन समितिका संयोजक इश्वरी प्रसाद भुषाल सचिव जिवनउच्चै ठकुरी लगाएत को टोली यती वेला चुनावी प्रचार प्रसारको अभियानमा जनताको घर दैलोमा पुगेर मतदाताहरु संग भेटघाट कार्यक्रममा रहेको नेकपा एमाले फलेवासका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले वताउनु भएको छ ।
प्रचार प्रसार अभियान अन्र्तगत १५ गते फलेवास ३ शंकरपोखरीमा घरदैलो कार्यक्रम आयोजना गरिएको समेत उहाले जानकारी दिनु भयो । नेकपा एमाले कार्तीक १ वाट सुरु गरेको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्र्तगत प्रदेश क का उम्मेदवार भक्त कुवंर प्रदेश ख का उम्मेदवार मित्रलाल वस्याल र प्रतिनिधी सभाका उम्मेदवार पदम गिरी जनताको घरदैलोमा पुगेर जनताको भावना वुझ्दै भेटघाट कार्यक्रममा रहेको नेकपा एमाले पर्वतले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img