पर्वत, ३० बैशाख /
नेपाल पत्रकार महासङ्घ पर्वतले सदस्यता शुद्धिकरण अभियान लागु गर्ने भएको छ । सदस्यता नवीकरण सम्बन्धी कार्यविधि–२०७६ र हालै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कर्मचारी, राजनीतिक दलका क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका कार्यसमिति सदस्य सहितका पदाधिकारीहरुको नविकरणका सन्दर्भमा सुचित गरेको छ ।
यस अघि शाखाको बैशाख २४ गते बसेको बैठकले केन्द्रिय निर्णय र विधानको प्रावधान अनुसार सदस्यता शुद्धिकरण कार्य अघि बढाउने निर्ण गरेसँगै शाखाले सुचना जारी गर्दै शाखाका सदस्यहरुलाई सचेत बनाएको छ । पर्वतमा जम्मा ५२ जना सदस्यहरु मध्ये कतिपय सरकारी स्थायी तथा करार सेवामा रहेको, कतिपय राजनीतिक दलको विभिन्न पदाधिकारी सहित जिल्ला कमिटिको सदस्यको रुपमा रहेर काम गर्दै आएको र कतिपय विदेशमा समेत रहेको र केही पत्रकारितामा क्रियाशिल नरहेको विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुवात गरिएको अध्यक्ष थापाले बताउनुभयो । सो सँगै विधानको प्रावधान अनुसार नविकरण गर्न नमिल्ने सदस्यहरुलाई योगदानका आधारमा मानार्थ सदस्यका रुपमा सिफारिस गरिने थापाले बताउनुभयो ।
महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्किृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।
सदस्यता नविकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्र र बैकल्पिक व्यवस्थाका रुपमा हाल बहाल रहेको सरकारी सेवा, राजनीतिक दलको जिम्मेवारबाट राजिनामा दिएर स्वीकृत पत्र लिएमा सो विषयमा छानविन गरी आवश्यक निर्णय लिने समेत शाखा अध्यक्ष थापाले बताउनुभया
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026








