दिल वि.क पर्वत जेष्ठ २६/
जिल्लाको फलेवास नगरपालिकाले सहकारी शिक्षाका लागि अभियान थालेको छ । नगरभित्र संचालनमा रहेका सहकारीहरुलाई सक्षम वनाउनका लागि २ दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका व्यवस्थापकहरु , संचालनक समितिका प्रतिनिधी र वडाकार्यालयमा सचिवहरुको उपस्थिती रहेको थियो ।
विहिवार अभिमुखीकरण कार्यक्रमको समापन गर्दै नगरप्रमुख गंगाधर तिवारीले पछिल्लो समयमा सहकारीहरु प्रती जनताहरुको विश्वास घट्दै गएको र सहकारी संचालनमा समस्य देखिएको वताउदै नगरभित्र संचालनमा रहेका सहकारीहरुले शेयर सदस्यहरुको मनोभावना अनुसार काम गर्नु पर्ने जोड दिनु भयो ।
उँहाले नगर भित्रका सहकारीहरु संचालनमा नगरपालिका वाट सक्दो सहयोग गर्ने समेत वताउनु भयो । देशका विभिन्न स्थानमा सहकारीहरुको समस्या वढ्दै गएको अवस्थामा फलेवास नगरपालिकाले सहकारी रजिष्टिार कार्यालयको समन्वयमा छलफल आयोजना गरेको सहकारी विकास शाखाका अधिकृत रमेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा वोल्दै उप प्रमुख शोभा कुमारी क्षेत्रीले सहकारी मार्फत ग्रामिण क्षेत्रमा उत्पादन शिल कार्य गर्न सकिने र सवैको सहकार्य हने भएको हुदा उत्पादित वस्तुको वजारिकणमा समेत सहयोग पूग्ने हुदा सहकारी आजको आवश्यकता रहेको वताउनु भयो ।
२ दिन सम्म संचालन भएको सहकारी अभिमुखिकरण कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहजिकरण गर्नूभएको थियो । कार्यक्रमको समापनमा वोल्दै फलेवास नगरपालिकाका प्रशसकिय अधिकृत ऋषिराम आचार्यले फलेवास नगरपालिकामा संचालित सवै सहकारीहरुले राज्यको निति नियमको पालन गर्दै सहकारी संचालन गर्नुपर्ने र सहकारीहरुको क्षमता विकासका लागि आगामी दिनमा आवश्यक सहयोग पुग्ने कार्यक्रमहरु तर्जूमा गर्ने वताउनु भयो ।
कार्याक्रमा सहभागीहरुले नगरपालिकाले सहकारी शिक्षा कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकारी प्रति चासो राख्दै सहकारीको क्षमता विकासका लागि आश्यक वजेट विनियोजन गर्न माग गरेका थिए । २ दिन सम्म संचालन भएको कार्यक्रमको संचालन सहकारी विकास शाखाका अधिकृत रमेश शर्मा पौडेलले गर्नभएको थियो








