बलिनारायण रेग्मी । वागलुङ जेष्ठ ३१/
सहकारीलाई आर्थिक समृद्धिको एक बलियो आधार मानिदै आएको भएता पनि कतिपय सहकारीले गर्दा सिंगो सहकारी क्षेत्र समस्यामा पर्न थालेका छन् ।
कतिपय सहकारीको बिधान, बिनियम, निति, एकतिर सहकारीका सञ्चालकको छुट्टै कार्यबिधि अर्कोतिर भएर सहकारी क्षेत्रमा हाल समस्या देखिएको हो । हुन त कोभिड १९ को कारण सहकारीहरु समस्यामा परे भन्ने तर्क धेरै पाइए पनि सहकारी संचालनमा केही खराब सञ्चालकका कारण समस्या खडा भएको हो । सञ्चालकले आँफुखुसि सदस्यहरुको पैसा लगानीगर्ने, कतिपय सहकारीका सञ्चालकले त आँफु आँफु मिलेर घरजग्गामा लगानी गरेको समेत सुन्न आएको छ ।
पछिल्लो समय गाउँका बिद्यालय बन्द गरेर सहरका एउटा कोठामा आम्दानीको श्रोत सहकारीको ऋण बनाई देखाउने परम्पराले गरिबलाई झन झन गरिबिको रेखामुनी धकेलिदिएको छ । कतिपय सहकारीले एउटै ब्यक्तिलाई बिनाधितो लगानीगर्नुु, साथै ब्यक्तिगत ऋण असुलिगर्नको लागि समेत सदस्य नभएको लार्ई लगानी गरेकोले समस्या आएको हो । सहकारीको ऋण निति एकातिर, लगानी अर्कोतिर, ऋण माग प्रयोजन एक क्षेत्रमा, ऋण परिचालन अर्को क्षेत्रमा, सहकारीको प्रकृति एउटा, काम अर्कै, अधिकांश सहकारीका यस्ता प्रबृतिका कारण समस्या आएको हो । सहकारीका अधिकांश सञ्चालकले सहकारीका सदस्यसँग उठाएको बचत, शेयर सहकारीको उद्धेश्य अनुरुप परिचालन नगर्दा हाल सहकारी क्षेत्रमा ठुलो उछाल आएको छ ।
समस्याको कारण र समाधान
सहकारी क्षेत्रमा आएको समस्याको प्रमुख कारण नियामक निकाय नहुनु हो सहकारीको बिग्रदो अबस्थालाई नियमनकारी निकायले यदि सुरुबाट नै अनुगमनगर्दै कार्बाहिको दायरामा ल्याउने काम गर्थ्यो भने हाल यो अवस्था आउने थिएन । बिभिन्न जिल्लामा भएका सहकारी संगठनहरु समेत निश्क्रीय रहनु । सहकारीमा आएको अर्को कारण अन्तरसहकारी कारोवार हो एक सहकारीले अर्का सहकारीको शेयर खरिद गर्नु, एक सहकारीको बचत अर्को सहकारीमा जम्मा गर्नू, र आफ्नो पुँजी जती भएपनि अर्को सहकारीबाट ऋण लिई सञ्चालकको ठाडो निर्देशनमा लगानी हुनु, र सञ्चालकले आँफुखुसि सहकारीमा भएको रकमब् यक्तिगत प्रयोजनको लागि चलाउनु ।
साथै नेपाल सरकारले सहकारी मार्फत दिएका बिभिन्न कार्यक्रम जसमा दश देखि पचास प्रतिशत सम्म आफ्नो लगानी भनिएको हुन्छ, सञ्चालकले सहकारीको खर्च गरि ब्यक्तिगत प्रयोजनले प्रयोग गर्ने गरेको समेत पाईएको छ । जब सम्म जिल्लामा छुट्टै सहकारीको अनुगमन गर्ने निकाय सहकारी डिभिजन कार्यालय थियो तब समस्या आयनि यस्तो बिकिराल समस्या आएको थिएन। हाल सहकारी स्वायत्त संस्थाको रुपमा अगाडी बढ्ने वातावरण बन्यो तब सहकारीमा ठुलो हलचल आई अधिकांश सहकारीले कसैको घरबार उठायो भने कसैको ज्यान पनि लियो । अझैपनि सहकारीलाई सरकारबाट अनुगमन हुन सकेको छैन । हुनत सरकारले पालिका तहमा एउटा छुट्टै बिभाग राखेको छ सहकारी हेर्ने तर त्यहाँ गएर बुझ्ने हो भने सहकारीको केहि पनि गुनासो सुनुवाई हुदैन ।
सहकारीको अनुगमन गर्ने कर्मचारी प्रयाप्त मात्रमा नहुनु, त्यसमापनि सहकारीको चुवावट कुनकुन क्षेत्रमा हुन्छ, कर्मचारी, सञ्चालक, लेखा, ऋण , जस्ता बिभिन्न उपसमितिले कुनकुन क्षेत्रमा कस्तो प्रकारको चुहावट हुनसक्छ् भन्ने कुराको ज्ञान नहुनु ।
जबसम्म नेपाल सरकारले आर्थिक कारोवार गर्ने बिभिन्न संघ संस्थाहरुको अनुगमनको लागि छुट्टै निकाय बनाई जिल्ला तहमा राख्दैन तव सम्म समस्याहरु थप जटिल वन्दै जाने देखिन्छ ।
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026








