रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ ।
रिड नेपाल, आईरेक्स र पिपुल फोरमको सहयोग तथा मोति सामुदायिक पूस्तकालयको व्यवस्थापनमा बुधबार शंकरपोखरीको वडा कार्यालय परीसरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजागरीमा रहेका परीवारका सदस्य, बैदेशिक रोजगारी बाट फर्किएका व्यक्ति र बैदेशिक रोजगारमा जानको लागि प्रक्रिया अगाडि बढाईरहेका करीब ३५ जना व्यक्तिहरु, संगै स्थानिय समाजसेवी, जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आफ्ना समस्याहरु जस्ताको त्यस्तै प्रस्तुत गर्दै छलफलफ प्रक्रियामा आवद्ध भएका थिए । स्थानिय ज्ञानेन्द्र भुसाल, भरत वि.क. र कमल नेपालीले आफु बैदेशिक रोजगारीमा जाँदा भोग्नुपरेका समस्याहरु सुनाउँदै विदेश जाने क्रममा राम्रोसंग बुझेर इजाजतप्राप्त म्यानपावर कम्पनीको सहायतामार्फत नियमानुसार प्रक्रिया पूरा गरी जानुपर्ने कुराहरुको अवगत गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै शंकरपोखरी वडाका वडाध्यक्ष अर्जुन बहादुर कार्किले सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रमले आफ्नो वडाका युवाहरुको लागि सकारात्मक प्रभाव पारेको भन्दै आयोजक लगायत सम्पूर्ण सहजकर्ताहरुको लागि धन्यवाद ज्ञपान गर्नुभएको थियो । अवका दिनहरुमा आफ्नो वडाले पनि वैदेशिक रोजारीमा आवद्ध रहेका व्यक्तिहरुलाई यस्तै खाले सचेतनामुलक कार्यक्रमहरु आयोजना गरी सुरीक्ष वैदेशिक रोजगारीको लागि सहयोग पु¥याउने प्रतिवद्धाता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पूर्व शिक्षक (प्रधानाध्यापक) तथा समाजसेवी गणेश थापाले यस्ता खाले अन्र्तक्रिया कार्यक्रमले बैदेशिक रोजगारीमा आवद्ध भएका युवाहरुको लागि सचेत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेे बताउनुभएको थियो । साथै उहाँले देशमा राम्रो नितिनियम र कानुन भएतापनी हामि नेपालीहरु हतार गरेर प्रदेश लाग्ने प्रवृत्तीले विभिन्न बाहानामा दुःख कष्ठ भोग्नुपरेको भन्दै अवका दिनदेखि नियमानुसार कागजात पु¥याएर सुरक्षित र भरपर्दो तरीकाले वैदेशिक रोजगारीमा जानको लागि आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै मैदान टोल विकास संस्थाका संयोजक विष्णुबहादुर वि.क.ले उपस्थित सम्पुर्णलाई सचेतनाको कमि भएको भन्दै यस्ता खाले कार्यक्रमहरुले आफ्नो क्षेत्रका युवाहरुको लागि महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो । शंकरपोखरी भौगोलिक र जनसंख्याको हिसाबले ठुलो वडा भएको र यहाँका धेरैजसो व्यक्तिहरु वैदेशिक रोजगारीमै रहेको अवगत गराउँदै यसभन्दा पहिले वैदेशिक रोजगारीमा जाँदा देखा परेका समस्या र त्यसको निराकरण गर्ने तरीकाको बारेमा प्रकाश पार्दै आफ्ना भनाईहरु राख्नुभएको थियो ।
कार्यक्रममा अहिंसावादी रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसलले वैदेशिक रोजगार र नेपालीहरुले भोग्नुपरेका समस्याहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने ट्याग संयोजक रमा भुसालले ट्याग परीयोजनाले पूस्तकालयमा सञ्चालन गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वैदेशिक रोजगार भनेको के हो ? सुरक्षित हिसाबले वैदेशिक रोजगारीको लागि कसरि प्रक्रिया अगाडि बढाउन सकिन्छ ? यदि विदेश गइसकेपछि समस्यामा परीयो भने कस्तो प्रक्रिया अपनाउन सकिन्छ ? रोजगार सम्झौता पत्र भनेको के हो ? वैदेशिक रोजगारीको लागि कुन देश जाँदा के–कति रकम लाग्छ ? रकम दिँदा अपनाउनुपर्ने उपायहरु केके हन् ? नेपालीहरुले दलालमार्फत विदेश गएको खण्डमा भोग्नुपरेका समस्याहरु के कस्ता रहेका छन् ? भन्ने जस्ता कुराहरुको बारेमा अन्र्तक्रिया गरीएको थियो ।
यस्तै कार्यक्रममा मोति सामुदायिक पूस्तकालयका वरिष्ठ लाईबे्रेरीयन ईन्द्र प्रसाद शापकोटाले पूस्तकालयले पारेको प्रभाव, गतिविधि तथा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै यदि समस्या आईपरे पस्तकालयमा रहेको दियो कर्नरमा सम्पर्क गर्नुहुन अनुरोध गर्नुभएको थियो
। वडाध्यक्ष अर्जुन बहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण पिपुल फोरमका प्रतिनिध सन्देश लामिछाने र मोति सामुदायिक पूस्तकालयका वरिष्ठ लाईबे्रेरीयन ईन्द्र प्रसाद शापकोटाले गर्नुभएको थियो








