निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको वार्षिक साधारण सभा सम्पन्न

भाद्र २०,पर्वत

/राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको १९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभामा प्रतिष्ठानका प्रवक्ता सिता पौडेलले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्ञानकुमारी शर्माले आर्थिक विवरण प्रस्तुत गर्नुभयो । सोही कार्यक्रमका अवसरमा कुश्माको प्रगति चोकमा प्रतिष्ठानको जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिव घनश्याम रिजालले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रिजालले लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठान जुटेको बताउनुभयो ।उहाँले प्रविधिको विकास संगै गीता संगीतको बजार केहि साँघुरो भएपनि कलाकारिताको क्षेत्र भने देशबिदेश सम्म विस्तार भएकाले कालकारहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । रिजालले गाउँठाउँका भाकाहरुको संकलन गरेर मौलिक गीत संगीत रचनामा जुट्न कलाकारलाई सुझाव दिनुभयो । 

कार्यक्रममा बोल्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष पूजा शर्मा कार्कीले प्रतिष्ठानले पर्वतमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले कलाकारिताको रक्षा संगै कार्यालय समेत सञ्चालन गरिएकाले यसले संस्थाको गरिमा अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । लोक गितको संरक्षण र प्रवर्द्धन, संस्थाको उन्नयन र सामाजिक कार्यमा लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत सक्रिय रहेको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानलाई अतुलनीय सहयोग गरेको भन्दै सामाजिक व्याक्तित्व विश्वप्रकाश प्रसाई, उत्कृष्ठ कार्यसम्पादन गर्ने सदस्य पुरुषतर्फ शिव शर्मा र महिला तर्फ देबि परियारलाई सम्मान गरिएको छ । त्यस्तै प्रतिष्ठानका आजीवन सदस्यहरु गोपी अधिकारी, शिव पौडेल र मानकुमारी गिरीलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्की, प्रतिष्ठानका सल्लाहकार कृष्ण अखेली, प्रतिष्ठानका पुर्व अध्यक्ष शान्ति नारायण श्रेष्ठ, दिपक गदाल, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, समाजसेवी विश्व प्रकाश प्रसाईं, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाग्लुङका अध्यक्ष सरस्वती खड्का परियार, म्याग्दीका अध्यक्ष ध्रुब जिसि,सदस्य कृष्ण कडेल, राष्ट्रिय भजन चुड्का संरक्षण समिति पर्वतका अध्यक्ष झलक पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पुजा शर्मा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन्जु बिकको स्वागत मन्तव्य र कार्यक्रमको संचालन प्रतिष्ठानका प्रथम उपाध्यक्ष सन्तोष सुवेदीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img