निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न

।रामचन्द्र भुसाल, २०८० पौष २९, फलेवास ।

अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । अहिंसावदि संगठनले विधिवत रुपमा जिम्मेवारी लिएको १२ बर्ष पुगेको अवसरमा १२औं वार्षिककोत्सव सम्पन्न भएको हो । आजभन्दा १७ वर्ष पहिले वि.सं २०६३ सालमा ग्रामिण विकास सचेतना समाज द्धारा सञ्चालित रेडियो पर्वत १०३.६ मेगाहर्जको रुपमा फलेवासको खानिगाउँमा स्थापना भएको पर्वत जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो पर्वतले ग्रामिण क्षेत्रमा रहेका गाउँ वस्तिहरुलाई एउटा सञ्चार माध्यमसंग जोडिने सुनौलो अवसर प्रदान गरेको थियो ।

स्थापना भएको ५ वर्षपछि अर्थात वि.सं २०६८ सालको पौष महिनामा अहिंसावादि संगठन नेपालले नितिगत रुपमा आफ्नो मातहतमा रहने गरी सञ्चालन गर्ने जिम्मेवारी लिँदै अनवरत रुपमा यहाँहरुको माझमा आफ्नो प्रसारण सेवा दिँदै आएको अहिले १२ वर्ष पुरा भएको छ ।

१२ बर्ष पुग्दै गर्दा यस क्षेत्रका धेरै स्रोताहरुको मायाँ कमाउँदै पछिल्लो समय झनै लोकप्रियता हाँसिल गर्न सफल भएको यस सञ्चार माध्यमले गण्डकि प्रदेश लगायत अनलाईनबाट विश्वभर आफ्नो प्रसारण सेवा विस्तार गरेको छ । रेडियोले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा पौष २८ गते खुल्ला भजन प्रतियोगिता सम्पन्न गरीएको छ ।

खानिगाउँको भवानि विद्यापिठ मा.वि.को प्रांगणमा भएको कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यतिप्राप्त कलाकार पशुपति शर्मा, तेजस रेग्मि, कृष्ण अखेलि, अर्जुन पन्त, नविना सुवेदि, सुरेश परीयार, सुदिप क्षेत्री लगायतको विशेष सांगितिक प्रस्तुति रहेको थियो । बरिष्ठ सँस्कृतविद तथा नेपाल शाकाहारी अभियानका प्रवर्तक डा. गोविन्द टन्डनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाण्डौबाट पाल्नुभएका विभिन्न अहिंसावादि व्यत्तित्वहरु, गण्डकि प्रदेश सभा साांसद मित्रलाल बस्याल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, फलेवासका सँस्थापक मेयर मपदमपाणि शर्मा, अहिंसावदि संगठन नेपलका केन्द्रिय अध्यक्ष तथा रेडियो सञ्चालन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा, रेडियोको निवर्तमान स्टेशन म्यानेजर शंकर शर्मा, फलेवास नगरपालिकाका कार्यपालिका सदस्य नेत्र वि.क., चन्द्र नेपालि, वडा नम्बर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, वडा नम्बर ६ देविस्थानका वडाध्यक्ष नविन कुमार श्रेष्ठ, नेकपा एमाले फलेवास नगरकमिटिका अध्यक्ष देवी प्रसाद लामिछाने, भवानी विद्यापिठ मा.वि.का प्रधानाध्याकप अर्जुन कुमार रेग्मि संगै अन्य विद्यालयका प्रधानाध्याकप, विभिन्न संघ सँस्थामा आवद्ध पदाधिकारी, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शाकाहारी जीवन स्वास्थ्यको लागि महत्वपुर्ण रहेने कुराको बारेमा जोड दिँदै मानव जातिको लागि शारिरीक र मानषि दुवै हिसावले फाईदाजनक रहने बताउँदै हिंसाविरुद्धको अभियानमा सवैको साथ सहयोग रहने विश्वास व्यक्त गरेका थिए भने पर्वत जिल्लाको ग्रामिण भेगबाट आफ्नो प्रसारण सेवा सञ्चालन गरेको पर्वत जील्लाकै पहिलो रेडियो स्टेशन अहिंसावादि रेडियोपर्वतले समुदायमा सहि सुचना तथा समाचार सम्प्रेशण गर्न सफल भएको भन्दै आगामि दिनहरुमा झनै प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमा आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेडियोका स्टेशन म्यानेजर रामचन्द्र भुसालले रेडियो सञ्चालनमा सहयोग पु¥याउने विभिन्न संघ सँस्था तथा वक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनी आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रेडियोलाई सहयोग पु¥याउनुभएका फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी र सँस्थापक नगरप्रमुख पदमपाणि शर्मालाई सम्मनपत्र र दोसल्लाद्धारा सम्मान गरीएको थियो ।

यसैगरी कार्यक्रममा रेडियोमा कार्यरत कर्मचारी स्टेशन म्यानेजर रामचन्द्र भुसाल, समाचार संयोजक तथा व्यवस्थापक डिल बहादुर वि.सि., कार्यक्रम संयोजक महेश भुसाल, प्राविधिक प्रमुख अस्मिता परीयारलाई उहाँहरुले गरेको कामको मुलंकन गर्दै प्रशंसा पत्रदारा सम्मन गरीएको थियो भने बागलुङको पँयूथन्थाप निवासि रोषन दर्लामि मगर र पर्वतको फलेवास देवीस्थान निवासी विनोद क्षेत्रीलाई उत्कृष्ट स्रोतको रुपमा सम्बोधन गर्दै रेडियो प्रदान गरी सम्मान गरीएको थियो ।

अहिंसावादी संगठन नेपाल खानिगाउँका अध्यक्ष भिम लम्साल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कलाकार तथा सञ्चारकर्मि कृष्ण अखेलिले गर्नुभएको

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img