निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आर्थिक समृद्धि अवको आवश्यकता ,राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


दिल सागर विसी/


५ फागुन / पर्वत/

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अवको आबश्यकता आर्थिक समृद्धि रहेको वताउनु भएको छ । सुक्रवार पर्वतको फलेवास नगरपालिका ८ नं. वडाको नव निर्मित भवन उद्घाट गर्दै तिमिल्सिनाले देशमा भौतिक पुर्वधार विकासले गति लिए पनि जनताहरुको आर्थिक उन्नतीले फड्को पार्न नसकेको वताउदै अव सवैले जनताको आर्थिक विकासको माध्यमवाट समृद्ध समाज निर्माणमा लाग्नु पर्नेमा जोडदिनुपर्ने वताउनु भयो ।

उहाले जनतालाई प्रदान गरिने सेवा प्रवाह साच्चैको गणतन्त्र आएको महसुस हुने गरि प्रदान सुभाव दिनुभयो । हरेक दलले निर्वाचनमा जनतासमक्ष गरेका वाचाहरु जनताका आशा अपेक्ष पुराहुने गरि सम्वोधन गर्न समेत आग्रह गनूभयो ।

उद्घाट कार्यक्रमलाई समवोधन गर्दै पर्वत जिल्लाको विकासले गति लिएको छ । यतीवेला गाउ गाउमा विकासको लहर आए पनि गाउ छोड्नेको संख्या वढ्दै जादा राज्यको लगानी खेर जाने वताउदै गाउमा आर्थिक विकास र स्वरोगार सिर्जन गर्ने कार्यक्रम संचालन गर्न आवश्यक रहेको छ उहाले वताउनु भयो ।

२०७८ सालवाट सुरु गरिएको भवन २०८० सालमा सम्पन्नभै सुक्रवार उदघाटन गरिको हो । कुल ७३ लाखमा सम्झौता भै निर्माण सम्पन्न भएको भवनको रु ६१ लाख १६ हजार भुत्तानी भएको वडा अध्यक्ष मन वहादुर कुवंरले जानकारी दिनु भयो ।

कार्यक्रममा ठानामौलाको सामाजिक विकासमा सहयोग पुर्याउने समाजसेवी वल वहादुर केसी , रत्न वहादुर गूरुङ , मन वहादु कुवंर मिम वहादुर कुवंर रोशन गूरुङ, वुद्धिमान सुवेदी र शिव घलेलाई दोसाल्ला ओडाइ सम्मान गरिएको थियो ।


उद्घाट कार्यक्रम कुश्मा नगरपालिका उप प्रमुख सोस्थानी रिजाल ,मोदीगाउपालिका प्रमुख हिरादेवी शर्मा ,फलेवास नगरपालिकाका संस्थापक प्रमुख पदमपाणी शर्मा, महाशिला गाउपालिका संस्थापक अध्यक्ष राजुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा चार भन्ज्याङ आमासमुह खाल्टे र फलेवास भजन समुहले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । वडाकार्याल उद्धघाटनकै अवसरमा ठानामौलाको विकास निमाणको विषयमा तयार गरिएको वृतचित्र प्रदर्शन गरिएको छ ।

फलेवास नगरपालिका ८ नंं वडाका वडा अध्यक्ष मन वहादुर कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव जिवलाल तिमिल्सिनाले गनूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img