निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवासमा पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल


३० बैशाख २०८१,
फलेवास नगरपालिकाले पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल गरेको छ ।
गोष्ठीमा सम्पूर्ण जनप्रतिनिधी, राजनैतिक दल, शाखा प्रमुख, शिक्षाप्रेमी, वृद्धिजीवी, समाजसेवी तथा नागरिकहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाले आवधिक योजनाका लागि कृषि, सडक, पर्यटन आदिसँग सम्बन्धित विषयका विषयगत गुरुयोजना निर्माण गरी सोही अनुरुप कार्यान्वयनमा जाने, “सम्वृद्ध फलेवास र सुखी फलेवासी“ को नारालाई सफल बनाउने कृषिलाई मुख्य खम्वा मान्ने, कार्यान्वयन चरणमा प्रवेश गरेको ल्ब्ँज्ब् परियोजनावारे स्थानीयस्तरमा सहजीकरण गरिदिएमात्र पनि नगरको एक पैसा खर्च नगरी संघीय बजेट लिएर फलफूलको विकासमा धेरै गर्ने, आन्तरिक आय वृद्धिका थप क्षेत्रहरु पहिचान गर्ने र उत्पादनशिल कृषि भूमि अन्य विकल्प भएसम्म अन्य प्रयोजनका लागि प्रयोग गर्न निरुत्साहित गर्ने,गाउँमा लगानीको वातावरण बनाउन अथवा पुँजी भित्राउन उपयुक्त वातावरण बनाउने, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र जलवायु परिवर्तनका मुद्दाहरुलाई मुख्य अन्तरसम्बन्धित विषयहरुको रुपमा महत्व दिने, दिगो विकास लक्ष्यको मर्म अनुरुप नीति, योजना तथा बजेट तर्जुमा गर्ने, सौन्दर्ययुक्त वस्ती विकासका लागि हरेक परिवारले घर परिसरमा कम्तिमा २ वटा फलफूल र २ वटा वहुवर्षे सौन्दर्य दिने रुखहरु लगाउन प्रोत्साहन गर्ने जस्ता मार्गदर्शन तयर गरेको छ ।


कार्यक्रममा आर्थिक विकास समिति संयोजक मनवहादुर कुवँर,सामजिक विकास समिती नारायणप्रसाद रिजाल, पूर्वाधार विकास समिति संयोजक नेत्रवहादुर विक, वन वातावरण तथा विपद व्यवस्थापनका सदस्य सचिव रमेश पौडेल, सुशासन समितिका संयोजक गंगानारायण श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद आचार्य, फलेवास नगरपालिका संस्थापक नगरप्रमुख पदमपाणि शर्मा, योगेन्द्र रिजाल, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सचीव धनवहादुर थापा, नेकपा एमाले फलेवास नगरपालिकाका अध्यक्ष देवीप्रसाद तिमिल्सीना, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रेम राना, समाजवादी पार्टीका चिरञ्जीवी शर्मा, भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मी लगायतले राय राख्नुभएको थियो ।


नगर प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन भएको कार्यक्रमको समापन गदै तिवारीले सवैका राय सुझावलाई मनन् गरेर अगाडि बढ्ने बताउनु भयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img