निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पूर्वधार विकास कार्यालय पर्वत बाट १२२ योजना सम्पन्न २३ किलोमिटर कालोपत्रे । सुनौलो खवर


श्रावण ३० , २०८१ ।
पूर्वधार विकास कार्यालय पर्वत बाट योजना सम्झौता भै असार मसान्त सम्म मा १२२ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकार र संघको गरि कुल १५२ वटा योजना रहेकोमा १२२ वटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।


१५२ वटा योजना मध्ये २० वटा योजना वहुवर्षे ठेक्कामा गएको र १० वटा योजनामा विवाद भएका कारण रोकिएका छन् । विवाद भएका योजनाहरु वनजंगल भएका कारण रोकिएका हुन् ।
गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा गत आवमा प्रदेश मातहतका १३३ योजना र संघिय सरकार अन्र्तगतका १९ वटा योजना गरि कुल १५२ वटा योजना रहेका थिए ।
गत आवमा कार्यालयको चालुतर्फ ६८.८४ प्रतिशत र पुजीगत तर्फ ६५.६५ प्रतिशत खर्च भएको छ । कार्यालयको कुल वजेट १०२ करोड ४५ लाख रहेकोमा ६७ करोड २६ लाख खर्च भएको हो । सो मध्य प्रदेश तर्फको ९३ करोड ३५ लाखमा ६० करोड १ लाख खर्च भएको र संघ तर्फको ७ करोड ५ लाख वजेटमा ६ करोड ३ लाख खर्च भएको कार्यालयका प्रमुख गूरुदत्त अधिकारीले जानकारी दिए ।


असार मसान्त सम्म मुख्य गरि ग्रामिण सडक कालोपत्रे , सडक पुल निर्माण , सडकनाली र मर्मतका योजनाहरु सम्पन भएका छन् ।
मुख्य गरि यस वर्ष सडक निर्माण तर्फ ६ वटा ठुला योजनाहरु सम्पन्न गरेको र ७ वटा मर्मतका योजनाहरु सम्पन्न भएका छन् ।
कार्यालयको भौतिक प्रगतीमा यस असार मसान्त सम्म २३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

जस अन्तर्गत डिमुवा राम्जा चित्रे ५.५ किलोमिटर सडक कालोपत्रे चिसापानी –हातेमालो चोक– त्रिवेणी –वाकीभञ्याङ –पोखराचौर सडक ८ किलोमटिर ,सेरावेसी– मोहरिया– भुकताङ्गले सडक २ किलोमिटर , नुवारा –सहिदचोक –चुुचुन देउराली फलेवास ३ मा ५६० मिटर र वाझवारी –राम्चे चौतारा– शंकरपोखरी सडक ५०० साठीमख –ठुलिपोखरी –देउपुर –देउराली –जोगीथुम २ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको कार्यालयले जनाएको छ ।
पक्की पुल तर्फ लिदीखोला सडकपुल निर्माण अन्तिम चरणमा पुगेको र छत्तिसघाट सडकपुल एक साइड क्याप लेभल सम्मको काम भएको कार्याल वाट जानकारी प्राप्त जानकारी प्राप्त भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img