निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा नागरिक समाजको प्रेस वक्तव्य, जेनेरेसन–जेड प्रदर्शनमा जनधनको क्षतिको पहिचान गरी मृतक परिवारलाई उचित क्षतिपूर्ति माग

२४ भाद्र/

प्रेस वक्तव्य जेनेरेसन–जेड पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्दको आन्दोलनले हिंसात्मक मोड लिँदा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको र सयौँ संख्यामा घाइते भएको घटनाप्रति गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत एवं नागरिक समाज सञ्जाल पर्वत गहिरो दुःख व्यक्तगर्दै प्रेस वक्तव्य जारी गरेको छ ।


वक्तव्यमा संवेदनशील घडीमा सरकारले संयमता गुमाउनु अत्यन्त दुःखद र निन्दनीय कार्य भएको कलिला मस्तिष्क माथि दमन गर्नु र वर्तमान परिस्थितिलाई नियन्त्रणमा लिन नसक्नु गृह प्रशासनको ठुलो कमजोरी रहेको जनाईएको छ ।


लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशमा आर्थिक सामाजिक रुपान्तरण हुने विभिन्न सरकारहरुले आश्वासन बाँड्दै आएकोमा देश विधि, पद्धतिवाट संचालन हुनु पर्नेमा विचौलियापन वढ्नु, भ्रष्टाचार मौलाउनु जस्ता थुप्रै कारणले देशमा गरिखाने वातावरण नहुँदा युवा पलायान वढेको र जनमानसमा असन्तुष्टि वढ्दै गएको वक्तव्यमा उल्लेख गरिएको छ ।
। जनता तथा युवा पुस्तामा असन्तुष्टि वढ्नुको कारण खोजी तत्काल उक्त कारणहरुको समाधानको वाटोमा लाग्न र जनतालाई आश्वस्त पार्न साथै यस आन्दोलनको समाधानको लागि तत्काल वार्ता, संवाद गरी युवाप्रति विश्वास पुनःस्थापना गर्न सरकारसँग माग गरेको छ ।

नागरिक समाजले जेड जेन जीको आन्दोलनलाई दमन गरी गोली चलाउने, आदेश दिने जिम्मेवारहरूलाई छानवीन गर्न, उच्चस्तरीय छानवीन आयोग गठन गरी छानवीन गर्न र दमनकारीलाई कारबाहीको भागीदार बनाउन माग गरेको छ ।


त्यसै गरि जनधनको क्षतिको पहिचान गरी मृतकका आश्रीत परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनबाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै, तत्काल, निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न माग गरेको छ ।

नागरिक समाजले सरकारले दमनको बाटो त्यागी लोकतान्त्रीक मूल्य, नागरिक अधिकार र युवाको आवाजलाई सम्मान गर्दै तत्काल वार्ताको वातावरण वनाई देशमा भएका वेथिति र विसंगति हटाउने प्रतिवद्धता सहित आम जनसमुदाय र विशेष गरी युवा पुस्तालाई आश्वस्त वनाउन उपयुक्त कदम चाल्न अनुरोध गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img