निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जन्मदिनको अवसरमा रसाईलीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पर्वत ।
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक वितरण गरिएको छ । पर्वत फलेवास ८ अर्चलेमा रहेको श्री शिशुकल्याण आधारभुत विद्यालयका कक्षा १ देखी ३ सम्मका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

पर्वतको फलेवास ७ लिमिठानाका असोक रसाईलिले आफ्‌नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको थियो । रसाईली हाल रोजगारीको शिलसिलामा कोरियामा रहनुभएको छ । उहाले उपलब्ध गराउनुभएको शैक्षिक सामाग्री ह्रवाइट वोर्ड , कपी,कलम तथा अन्य सामाग्री पत्रकार दिल सागर विसीले विद्यालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वौल्दै श्री शिशुकल्याण आधारभुत विद्यालयका वि व्या स अध्यक्ष विष्णु प्रसाद भूसाल ले विद्यालयमा शैक्षिक गुणस्तरका लागि शैक्षिक सामाग्री उपलब्ध गराउनेदाता लाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।


त्यसै गरि विद्यालयका प्रअ मोहन पौडेले जन्मदिनको अवसरमा यसरी विद्यालयलाई सहयोग गर्दा अत्यान्तै खुसी लागेको वताउदै धन्यवाद सहित सुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय वि व्यास समितिका सदस्य तथा स्थानिय समाज सेवीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा पर्वत फलेवास ८ घर भै हाल जापानमा रहेका सुमन जिसीको सौजन्यमा ४ वटा टेवल विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img