निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

ठानामौलाका वाढि पीडितहरुलाई चारभञ्याङ हङकङको सहयोग


बैशाख ११ पर्वत/

पर्वतको फलेवास नगरपालिका ८ ठानामौला, खाल्टेका वाढी पीडितहरुलाई चारभञ्याङ तमु समाज हङकङले आर्थिक सहयोग गरेको छ ।

गत असारमा वाढि पहिरोवाट विस्तापित भएका ५ घर परिवारलाई समाजले जनही १५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।


जस अनुसार स्थानिय भरत नेपाली, सोम नेपाली, नन्द कूमारी भण्डारी ,आरती गुरुङ र डिल व गुरुङले सहयोग रकम प्राप्त गर्नूभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै चारभञ्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष क्या.देउ वहादुर गूरुङले तमु समाज हङकङले गरेको सामाजिक कार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो ।


उँहाले पछिल्लो समय तमु समाज हङकङले सामाजिक सेवाका कार्यक्रहरुमा सक्रियता वढाएकोमा खुसी व्यक्तगर्दै सवै सहयोगीहरुलाई धन्यवाद दिनभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य दर्शन गूरुङ, चारभन्ज्याङ यूवा क्लवका अध्यक्ष याम वहादुर गुरुङ, टेलिमिडिसिनका व्यवस्थापक रोशन गूरुङ लगायत स्थानिय समाज सेवीहरुको उपस्थिती रहेको थियो ।


त्यसै गरि चारभञ्याङ तमु समाज हङकङको सहयोगमा ठानामौला अर्चलेका १९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला वितरण गरिएको छ ।
शैक्षिक सामाग्री वितरण चारभञ्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष क्या.देउ वहादुर गूरुङ र चारभञ्याङ यूवा क्लवका अध्यक्ष याम वहादुर गूरुङले गर्नुभएको थियो ।


कार्यक्रमा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवीहरुको उपस्थिीती रहेको थियो ।
चारभञ्याङ तमु समाज हङकङले केही समय अगाडी निवर्तमान अध्यक्ष गंगा गुरुङको उपस्थितीमा ठानामौलाको सरस्वती प्राविका २७ जना विद्यार्थीहरुलाई झोला र शिसुकल्याण आधारभुत विद्यालयका १८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कपीकलम वितरण गरेको थियो ।
चारभञ्याङ तमु समाज हङकङको वार्षिक कार्यक्रम अनुसार बिद्यार्थी भाइ वैनीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको समाजका महासचिव राजु गूरुङले जनाकारी दिनुभएको छ । २०२५ को तिहारमा भैलो कार्यक्रमवाट संकलन भएको रकम वाट खाल्टे गाउँका वाढी पीडित र विद्यार्थीहरुलाई सहयोग गरेको महासचिव गुरुङले जाकारी दिनुभयो ।
आफुहरु गाउँ छोडेर परदेशमा रहेपनी गाउको सम्झना रहिरहने र गाउँवासीहरुलाई दुख पर्दा केही सानो सहयोग गर्न पाउदा निकै खुसी लागेको चारभञ्याङ तमु समाज हङकङका अध्यक्ष तारा प्रसाद गुरुङले वताउनुभयो ।
चारभञ्याङ तमु समाज हङकङकले समन्वय केन्द्र संग साझेदारी गर्दै यस क्षेत्रमा विगत केही वर्ष देखी सामाजिक कार्यहरु गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img