निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत फलेवासकी सन्तु नेपालीकाे हत्याका अभियुक्त प्रहरीले सार्वजनिक गर्दै

पर्वत- फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपालीको हत्यामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धानबाट प्राप्त तथ्यसहित उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतले जेठ २७ गते पत्रकार सम्मेलन आयोजना गरी हत्याकाण्डको अनुसन्धानबाट खुलेका विवरण तथा पक्राउ परेका आरोपितहरूको बारेमा जानकारी दिने जनाएको छ।

गत जेठ ७ गते खानिगाउँमा सन्तु नेपाली मृत अवस्थामा फेला परेपछि घटनाले जिल्लाभर चर्चा पाएको थियो। घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोलीले निरन्तर अनुसन्धान गर्दै आएको थियो।
प्रहरीले पत्रकार सम्मेलनपछि घटनाको कारण, संलग्न व्यक्तिहरू र अनुसन्धानबाट खुलेका अन्य तथ्यहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img