निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

यी सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिदै

काठमाडौं-  सरकारले सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेकाे नसर्ने तथा मानसिक रोग शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।

नसर्ने रोगको विशिष्टकृत सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले जानकारी दिए।

सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेट समेत बिनियोजन गरेको छ। 

उनका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो। 

उनले भने, ‘सात वटा प्रदेशका एक/एक वटा अस्पतालहरुलाई हामीले नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागेका हौँ।’

यी अस्पतालमा क्यान्सर रोगको उपचार एउटा महत्वपूणर् घटक हुने उनले बताए। यी अस्पतालहरुमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि व्यवस्था गरिने उनले बताए। त्यहाँ विशेषज्ञ सहित जनशक्ति व्यवस्थापनका लागि दरबन्दीको व्यवस्था समेत गरिनेछ। 

‘ती प्रदेशहरुमा त्यहाँका नागरिकहरुले नसर्ने रोगको विशिष्टकृत सेवा पाऊन् भन्ने हाम्रो उद्देश्य हो। त्यसको लागि सरकारले ६६ करोड बजेट पनि छुट्याएको छ। र, त्यसको कार्यान्वयनका लागि अघि पनि बढी सक्यो।’ उनले भने।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img