निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वावुआमा नभएका चार वालवालिका विचल्लीमा

पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका ४ वालवालिका समस्यामा परेका छन । विगत केहि वर्षदेखी स्थानिय १जना पंडितको घरमा चिद्रिखानीवाट आएर आश्रय लियर वसेको परिवार अहिले आएर समस्यामा परेको स्थानिय शिक्षक आत्माराम शर्माले जानकारी दिनुभयो । २ छोरा १ छोरी रहेको गोपिलाल,र माया नेपालीको परिवारमा ५ वटा वालवच्चाहरु रहेका थिए। १ जना छोरा जन्मजात अपाङग नवोल्ने र कान पनि नसुन्ने थिए । तर परिवारमा एकाएक दैवले परिवारको खुसी सवै लुट्यो । धन कमाउन विदेश गएको छोराको क्यान्सरवाट मुत्यु भयो भने दिनभरी मजदुरी गरेर परिवार पाल्दै गरेका घरमुली गोपिलालको हृदयघातका कारण निधन भयो ।२ ओटि वुहारी पनि घर छाडेर १ वच्चा संगै लिएर अरु संगै पोईला हिडे, अहिले घरमा ४ जना वच्चा ४ देखि १२ वर्ष सम्मका र एउटा लाटो छोरो लिएर माया नेपाली दुख कष्टसाथ वस्नुभएको छ । छोराको उपचार गर्दा ९,१० लाख ऋण लाग्यो अहिले न छोरा वाच्यो न श्रीमान,साथमा हुनुहुन्छ । आफ्नो घर जग्गा पनि छैन आएर छोड भन्दा वसेको घर पनि छोडेर हिड्नुपर्छ नेपालीले रुदै भन्नुभयो राम्रो संग पढाउन पनि सकिन दिन भरि काममा जान्छु वेलुका त्यहि ल्याएर सवैले खाने हो राम्रोसंग खान पनि पुग्दैन के गरम म एक्लैले ।
यि नाति नातिनिहरुलाई केहि समय पालेर ठुला वनाउन पाएत कमाउन जान्थे होला नी ऋण पनि तिर्थे अनि सुखका दिन आउथेकी सपना मात्रै होला जस्तो छ । अहिले सम्म कतैवाट पनि सहयोग पाइन विन्ति गर्दै भन्नुभयो कोहि हुनुहुन्छ भने यि साना वालवच्चाको लागि जे जति सक्नुहुन्छ सहयोग गरेर उद्धार गर्दिनु होला ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img