निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पेट्रोलियम पदार्थको मूल्य वढेपछि विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा

२५ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तयर गरेको छ । अनलाइन खवरवाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img