२७ कार्तिक पर्वत
नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत खूल्ला तर्फ गोविन्द पहाडी, पदम गिरी, पदमपाणी शर्मा विकास लम्साल ,भक्त कुवंर ,मित्रालाल वस्याल र राजु पौडेल छनौट हुनु भएको छ भने महिला तर्फ अनिता कुमारी रेग्मी , कमला कुमारी पन्त ,शारदा कुमारी शर्मा रहनु भएको छ तेसै गरि दलित खूल्ला तर्फ मनोहर वि पौडेल, शिवलाल सार्की छनौट हुनभएको छ भने दलित महिला तर्फ शमिर्ला नेपाली छनौट भएको खबर प्राप्त भएको छ । पर्वतमा १३ जना प्रतिनिधिका लागि ४६ जनाले उमेदवारी दर्ता गराएका थिए ।








