निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

खेलाडी बनेर देशको नाम राख्छु भनेका २९ वर्षिया परियार ह्लि चीयरमा दिन काट्दै

नेपाल पुलिसको पश्चिमाअञ्चल टीमबाट भलिवल खेल्दै आएका होनोहार खेलाडी ओम परियार (कान्छा) यतिवेला ह्ील चियारमा दिन काटिरहेका छन् । नेपाल प्रहरीमा कार्यरत २९ वर्षिया परियार डिउटीकै समयमा सवारी दुर्गघटनामा परेर घाईते भएका हुन् । उनको अहिले कम्मर मुनिको भाग चल्दैन । घाइते परियार अहिले आफ्नै घरमा उपचार गर्दै दिन काटेका छन् ।
भलिवल खेल भनेपछि वाल्यकाल देखिनै हुरुक्क हुने ओम परियारको सपना गाउमा खेल्ने मात्र नभई राष्ट्रिय खेलाडी भएर देशकै नाम राख्ने थियो । उनी आफ्नो विद्यालयमा पनि सधै भलिवलमा उत्किृष्ट हुने गर्थे । पढाईमा भन्दाखेलकुदमा रुची राख्ने परियार खेलको माध्यमवाट आफुलाई चिनाउन धेरै प्रयास गरे ,तर उनको लक्ष्य पुरा हुन सकेन । अन्तमा उनले नेपाल प्रहरीमा भर्र्ती भएर खेलकूदको माध्यमवाट आफ्नो सपना पूरागर्ने लक्ष्य लिई २०७० सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी कार्यालय वुटवलवाट आफ्नो तालिम सकेर डिउटी गर्दै आरम गर्ने समयमा समेत स्थानीर्य व्रेभ गोर्खा क्लव’ मार्फत भलिवल खेल्र्दै आएका थिए । स्थानीय क्लवमा खेल्दै जाँदा उनको खेलप्रति प्रतिभा देखेर नेपाल प्रहरीले आप्mनो टीममा समावेश गराए पछि पछिल्लो समय उनी नेपाल पुलिस पश्चिामाञ्चल टीमबाट देशका विभिन्न स्थानमा भलिवल खेल्दैे आएका थिए ।

२०७६ साल माघ १ गते डिउडी सकेर फर्कैदै गर्दा नेपाल प्रहरीको गाडी दुर्घटनामा परि देवघाट कालिमाटी मा उनी लगायत ३०जना घाइते भएको र एकजना साथी गुमाउनु परेको परियारले त्यो दिन सम्झदै वताए । “हेर्दा हेदै गाडी पल्टियो, फदाल्ने ठाँउ भएन साथिहरु एकआपसमा ठोक्कीदै रुँदै थिए, पल्टदै कँहा पुगियो थाहै भएन, १० घण्टा पछि अस्पतालमा रैछु “उनले भने वल्ल होस खुल्यो कालनै आएको रहेछ परान रह्यो” उनले मलिन अनुहार वनाउँदै घटनाको वारेमा सविस्तार वताए । दुवै खूट्टा नचल्ने भएपछि अस्पतालमा भर्ना भए । प्रहरी कार्यालयले २ महिनासम्म उपचार गर्यो र निको भएन धन्न मेरा साथीभाइहरुले सहयोग गरेर १ वर्षको उपचारले वाचेको छु परियार थपे । “राज्यका निकायवाट सोचे जस्तो उपचार नुहँदा दुःख लाग्छ । हामी जस्ता समान्य मान्छेको के नै उपचार हुून्थ्यो र परियारले दुखित हुदै हामीलाई बताए । “अहिले वाच्नका लागि संघर्ष गरिरहेको छु । धन्न पल्टनवाट रासन र तलव दिएको छ त्यही भए पनि चित्त वुझाउनु पर्यो तेही नभएको भए पनि मलाई गाह्रो हून्थ्यो उनले थपे ।

पर्वतको फलेवास ७ लिमिठाना घर भएका ओम परियारका २ वटा छोरी र एक श्रीमती छन् । अहिले उनी आफ्नै घरमा वसेर आवश्यकता अनुसार उपचार गर्दै आएका छन् । अहिले पनि मासिक १०/१५ हजार औषधी खर्च लाग्ने गर्छ कसरी उपचार गर्ने हो उपाय केही छैन ”परियारले पुन हामीलाई वताए” । हाल सम्म प्रहरी जवानको वुटवलमा दरवन्दी रहेको भए पनि अहिले काजमा फलेवासमा दरवन्दी सरुवा गरेको उनले जानकारी दिए । “भलिवल खेलेर देशको नाम राख्छु भन्ने सपना थियो अहिले सपना सपनामै सिमीत रह्रयो ” परियारको सपना चकनाचुर भएपनि उनको मन भने अझैपनी देशप्रेमले ओतप्रोत भएको छ । परियारले ह्रीलचीयर वाटै सुस्केरा हाल्दै भने “ धन्न वाचेर आए हिडडुल गर्न नसकेपनी परिवारको साथमा दिन विताएको छु ” उनले थपे ”आजकाल ह्ील चियारमानै खान्छु ,यही सुत्छु मैले केही गर्न नसके पनि मेरा छोराछोरीको उज्जवल भविष्य होस यही चाहन्छु परियारले ह्रीलचियर बाटैै हामीलाई वताए” ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img