निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष सुवेदीले गरे उम्मेदवारी घोषणा


२ मंसिर २०७८ / पर्वतमा कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।बुधवार उनले पत्रकार सम्मेलन गरेर आसन्न महाधिबेशनमा नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् । उहाले सामाजिक सन्जालमा समेत आफुलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका छन् ।

नेपालीकाँग्रेसको आसन्न महाधिबेशनमा पर्वतमा आकांक्षीको संख्या बढ्दै गैरहेको छ । अन्यपदमा धेरै आकांक्षी भएपनि सभापतिमा घोषणा गरिएको सुुवेदीको उम्मेदवारी पहिलो हो ।पत्रकार सम्मेलनमा यूवापुस्ताको नेतृत्व आवश्यकता रहेको हुनाले सभापतिमा आफु दरिलो प्रतिस्पर्धी रहेको सुबेदीले उद्घोष गरे । पत्रकारहरुको प्रश्नको जवाफमा सुबेदीले यूवा पुस्ता रेसमा निस्किएकोले पाकापुस्ताहरु रेष्ट गर्नुपर्ने पनि उद्घोष गरेकाहुन् ।

सुबेदीले नेपाली काँग्रेसको संगठन सुदृढिकरण, सबैको सम्मान, मुलक र जनताको हितमा काम गर्ने जगमगाउँदो नेतृत्व बनाउने चाहना सहित मैदानमा आएको बताए । आफु बन्न नभई काँग्रेसको संगठन बलियो बनाउन र जनताको आवश्यकताको पक्षमा काम गर्न सभापति हुन चाहेको सुबेदीले पटक पटक दोहोराए । ‘ म नेताबन्न आएको हैन, विधि, नीति र साझा संगठन बनाउन कपालमा कफन बाँधेर आएको छु,’उनले भने,‘ म संग पैसा छैन तर बिचारमा म दिक्षित छु । यहि उमेरमा नेतृत्वमा आएका विपी कोईराला, गगन थापासम्मको उनले उदाहरण दिए । नेविसंघका जिल्ला अध्यक्ष समेत रहेका सुबेदीले आफु बार्गेनिङ गर्न नभै विजयी हुन सभापतिको रुपमाउभिएको भन्दै कुनै हालतमा पछि हट्ने पक्षमा नरहेको अठोट व्यक्त गरे ।

पर्वतको फलेवास नगरपालिका वडा नं. ८ स्थाई घर भएका मिलन सुबेदी २०५६ साल देखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भएपछि विभिन्नपदमा रहेर कुशल संगठक बनेका हुन् । हाल उनी नेविसंघका जिल्ला अध्यक्ष छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img