९ मंसिर २०७८ / शारीरिक अपांगता भए पनी पर्वत शंकरपोखरीका टोप व वि.क. भने स्वावलम्बी बनेका छन् । अहिले उनी समाजको उदाहरणिय पात्र वन्दै गएका छन् ।
विगत एक दशक देखि गाउमानै फर्निचर व्यवसाय संचालन गर्दै आएका वि.क लाई अपांगता भएको महसुस कहिलै भएन । वरु उनले व्यवसाय संचालन गरेर अरुलाई पनि रोजगार दिने गरेका छन् ।शारिरिक असक्त वि.कको एक वटा खूट्टा राम्रो सँग चल्दैन । जन्मेको ५ वर्ष पूग्दा पोलियो रोग लागेर उनको खुट्टाले राम्रो सँग काम गर्दैन तर पनि उनि एउटै खुट्टाको साहारामा हिड्ने र काम काम पनी गर्छन् ।
सानै उमेरमा आमाको मृत्यू भएको र पढ्ने वेलामा भाइवैनिको हेरचाह गरेर दूःखका साथ दिन काटेको अतित सम्झदै उनले वताए । “बावाले ज्याला मजदुरी गर्नुहून्थ्यो सानै उमेरमा आमा वित्नु भयो साना भाईवैनिलाई हेरचाहा गर्दै मैले पनि कमाउनु पर्छ भनेर सोच्न थाले गाँउमा काम गर्न जान्थे तर कसैले काम नदिदा मन खिन्न भएर फर्कन्थे उनले विगतका दिन सम्झदै हामीलाइ वताए ।
उमेरले केही ठुलो भएपछि फर्निचरमा मासिक २ हजार तलवमा काम गर्न पाउदा आफूलाई भाग्यमानि ठानेको उनले ति दिन सम्झदै हामीलाई वताँए । सीप सिके पछि गाउमानै केही गर्छु भनेर व्यवसाय सञ्चालन गरेका वि.क.ले अहिले राम्रो आम्दानी गर्न सफल भएका छन् अहिले उनले आफुले संचालन गरेको व्यवसाय वाट मासिक ३० देखी ४० हजार आम्दानीे गर्ने गरेका छन् ।
गाँउका यूवाहरु धेरै धन कमाउने आशमा विदेशमा गएर तातो घाम खान वाध्य भएको अवस्थामा उनि भने गाउमानै व्यावसाय संचालन गर्दै सफल उद्यमी वन्न थालेका छन् ३० वर्षका वि.क. आफ्नो व्यवासय संगै सामाजिक सेवामा पनि उत्तीकै लाग्ने गर्छन । उनि जनसेवा प्राविमा अभिभावक संघको निवर्तमान अध्यक्ष रहेका छन् भने स्थानिय वन उपभोक्ता समितिमा विगत १२ वर्ष देखी निरन्तर सदस्य रहेका छन् । आफूलाई गाउमै वसेर सामाजिक सेवागर्न पाउदा खुसी लाग्ने उनले वताए ।
तत्कालिन अवस्थामा अपांगताको परिचय पत्र पाप्त भएको र राज्यको पुन संरचना अन्तर्गत अहिले स्थानिय निकायले परिचय पत्र वितरण गर्ने व्यवस्था भए पनि आफूलाई अपांगताको परिचय पत्र नमिल्दा दुःख लागेको वि.क.ले हामीलाई वताए “पटक पटक नगरपालिका गए तर मेरो सुनूवाई भएन आंगता भए पछि राज्यले मेरो लागि कार्ड मात्र भएपनि दिन सकेन मन खिन्न लाग्छ तर पनि म आफै स्वावलम्वी वनेर हिडेको छु” । अपांगता भनेर कम्जोर महसुस गर्ने हैन हामी पनि गर्न सक्छौ भन्ने आट लिएर अगाडी वढियो भने सफल हुन सकिन्छ । अव व्यवसायलाई अझै राम्रो गरेर नमुना वनाउछु विकले खुसी अनुहारमा हामीलाई वताए ।
तत्कालिन समयमा अपाङगता परिचय पत्र प्राप्त गरे पनि स्थानिय निकायवाट बर्गीकरण गर्ने व्यवस्था रहेकोले पून आवश्यक कागजात सहित पेश गर्नूपर्ने फलेवास नगरपालिका ,महिला तथा वालवालिक शाखा प्रमुख विष्णू चापाईको भनाइ रहेको छ ।
आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024