९ मंसिर २०७८/ पर्वत
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतमा आज वाट शुरु भएको छ । अभियानको पहिलो दिन विहिवार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ, हिंसा भएको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्ने छौँ’ भन्ने लेखिएको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गर्नुभएको थियो ।
सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा इन्सेक, गैर स.स. महासंघ पर्वत, , गुडनेवर्सइन्टरनेशलन नेपाल सोडेक नेपाल को सहकार्यमा पर्वतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शूरु गरिएको हो । अभियानको पहिलो दिन विहिवार पर्वतका विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारी सहितसुरक्षाकर्मी,मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
१६ दिन सम्म सञ्चालन हुने अभियानमा पर्वतका विभिन्न ७ वटा स्थानीय तहहरु, जिल्ला प्रहरी कार्यालय पर्वतको समुदाय साझेदारी कार्यक्रम र सामाजिक विकास कार्यालय तथा जिल्लाका अधिकारसम्बद्ध संघ संस्थाहरुले आ आफ्नो क्षेत्रबाट कार्यक्रमहरु सञ्चालन गर्ने र अभियानलाई सफल पार्ने कार्यक्रम रहेको सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहन चन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले विहिबार आयोजित प्रभात फेरि पश्चात् १६ दिन सम्म सञ्चालित अभियानलाई सफल बनाउन सवै आ आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्दै अभियानलाई अभियानकै रुपमा मात्रै सिमित नबनाई सामाजिक विकृति उन्मुलन सँगै लैङ्गिक हिंसा मुक्त समाज निर्माण बनाउन सवैको उत्तिकै भूमिका रहेको बताउनुभएको छ ।









