९ मंसिर २०७८ पर्वत ।
”स्वदेशी उद्यम र उत्पादन , दिगो औधोगिक पुनरुत्थान“ भन्ने मुल नाराका साथ आज पर्वतमा सातौ “उद्योग दिवस” अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।
घरेलुतथा साना उद्योग विकास कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले स्वदेशी उत्पादन लाई सवैले प्रोत्साहन गर्नुपर्ने र स्थानिय उद्योगको प्रर्वद्धनमा सहयोग गर्नुपर्ने वताउनु भयो ।विषेश गरि महिलाहरुले आफ्नो सिप प्रर्वद्धन गरि उत्पादन गरेको स्थानिय सामाग्रीहरु सवैले उपभोग गरेर महिला उद्यमीहरुको प्रोत्साहान गर्नुपर्ने उहाले जोड दिनुभयो ।
कार्यक्रममा घरेलूतथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष , निर्मल विश्वकर्मा , पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले उद्योगीहरुका समग्र समस्याहरु सहित शुभकामना मन्तव्य राख्नु भएको थियो भने उद्योगीहरुले व्यवसाय संचालनमा परेका समस्यहरुको वारेमा वताएका थिए । कार्यक्रममा ससस्त्र प्रहरीवलका प्रमुख , प्रहरी प्रमुख विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी पत्रकार तथा उद्योगीहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा घरेलू तथा साना उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले कार्यालय बाट यस वर्ष संचालन गरेका मुख्या कार्याक्रमहरु तथा उपलब्धिहरुको वारेमा जानकारी गराउनु भएको थियो । पर्वतमा हाल सम्म ३५१९ वटा उद्योग दर्ता भै संचालन मा रेहेका छन् । उद्योगीहरुको क्षमता विकासका लागि कार्यालय वाट विभिन्न किसिमका तालिमहरु संचालन गर्न लागेको भुषालले जानकारी दिनु भयो ।
यस वर्षबाट वजार अनुगमन गर्ने कार्यलाई मूख्य प्राथामिकतामा राखेर ग्रामिण क्षेत्रमा समेत अनुगमन भै रहेको कार्यालयले जनाएको छ । घरेलू तथा साना उद्योग कार्यालयले संचालन गर्ने कार्यक्रमहरु ग्रामिण भेगमा केन्द्रित गर्दै दलित विपन्न समुदायिको जिविकोपार्जन , सामुदायिक होमष्टे प्रर्वद्र्धन तथा चौतारी पोखरी संरक्षण जस्ता कार्यक्रमहरु समेत संचालन गर्न लागेको कार्यालयले जनाएको छ ।
आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025









