निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

देशका सवै स्थानमा हल्का वर्षा हिमाली जिल्लामा हिमपात

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रभावका कारण आज देशका सवै स्थानमा एकै साथ हल्का वषा भैरहेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ ।

हिमाली जिल्लाजुम्ला, जोमसोमको तापक्रम माइनसमा झरेको छ । जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस रहेको छ । काठमाण्डौ सहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ ।

यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो वढ्न थालेको छ । यसले त्यहाँको जनजीवन कष्ठकर बनाएको छ ।
आज दिनभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ ।

यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img