निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न

१४ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज व दमाईको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा लक्ष्मी वोहोरा ,सचिव प्रेम सिंग नेपाली, कोषाध्यक्षमा प्रविण वराईली , उप सचिवमा हिरा व वि.क र विकास परियार रहेका छन् ।

कार्यक्रममा वौल्दैै प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव मनोहर वि पौडेलले नव निर्वाचित समितिलाई वधाइ ज्ञापन गर्दै समाजमा रहेको विभेदको अन्त्यका लागि नेपाल उत्पीडित जातिय मुक्ति समाज निरन्तर लाग्नुपर्ने वताउदै नव गठित समितिले शिर्जनसिल कार्य गर्दै अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य जुना नेपाली , नर व कार्की नेकपा एमाले जलजलाका अध्यक्ष लाल व अधिकारी खेलकुद महासंघका खड्क व गुरुङ र मुक्ति समाज पर्वतका कविता विक.ले सुभकामना मन्तब्य राख्नु भएको थियो ।

मुक्ति समाज जलजलाका राम व वि.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भिमसेन वि.क वराइलीले गर्नूभएको थियो भने स्वागत मन्तव्य भिम नेपालीले राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img