निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेशको चौथो बार्षिक साधारण सम्पन्न

पुस १८, पोखरा । गण्डकी प्रदेशमा रहेका सामुदायिक रेडियोहरुको साझा संगठन सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेश समितिको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सामुदायिक रेडियोहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री थापाले सामुदायिक रेडियोले समुदायमा खेलेको भुमिको प्रसंसा गर्दे निति नियम निर्माणमा समेत रेडियोहरुको दिगो विकास र प्रवद्र्धनमा सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा थ्रि एंजल्स नेपालका कानुुन अधिकृत भिम प्रसाद पौडेलले मानव बेच विखन तथा ओसारपसार नियन्त्रणमा सामुदायीक रेडियोहरुले महत्वपूण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। संस्थाका केन्द्रीय महासचिव किश्वर जंग थापा, सचिव सुदर्शन खतिवडा, सदस्य राम प्रसाद सुवेदी, न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अधयक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारी लगायतले सरकारले योजना बनाउदा सामुदायीक रेडियोलाई प्रथामिकता राखेर बनाउनुपर्नेबारे बोल्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष शेखर थापाले आर्थिक प्रतिवेदन र सचिव रोसन तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको थियो । सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेशका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव रोसन तिवारीले सञ्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img