निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा ३११०९ वालवालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाइने









२० चैत्र २०७८/
पर्वतमा चैत्र २५ देखी टाइफाईड खोप अभियान संचालन गरिने भएको छ । अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३११0९ वालवालिकाहरुलाई टाइफाईड रोग विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
पर्वत जिल्लाका सवै पालिकामा टाइफाईट रोग विरुद्धको खोप अभियान प्रभावकारी रुपमा संचालन गर्नका लागि जिल्ला खोप समन्वय समिति ,संचारकर्मी र सरोकारवाला विच अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।


अभिमुखीकार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले टाइफाईड खोप अभियान नेपाल सरकार मार्फत अभियानको रुपमा देशै भरि संचालन हुन लागेकोमा पर्वत जिल्लामा पनि सवैको सहयोगमा सफल पार्नूपर्नेमा जोड दिनु भयो साथै उहाले यस अभियानमा सवै क्षेत्रवाट सहयोग गर्न समेत अपिल गनू भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले टाईफाइड खोप संचालनका लागि जिल्लाको कार्ययोजनाको वारेमा जानकारी गराउनु भएको थियो भने पर्वत असपतालका डा. डिवी क्षेत्रीले टाईफाइड रोगको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले शुभकामना मन्तव्य राख्दै टाइफाईड खोप अभियान सफल पार्न पत्रकार महासंले समेत सक्दो सहयोग पुर्याउने वताउनु भयो ।


देशै भर संचालन हुन लागेको टाइफाईटल खोप अभियान अन्तर्गत ७५ लाख वालवालिकाहरुलाई यो खोप लागाएन लागिएको हो । राष्ट्रिय खोप सल्लाहाकार समितिको वैठकले टाइफाइड विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरे पछी नेपाल सरकार मार्फत यो अभियान संचालन गर्न लागिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रमको संचालन स्वस्थ्या कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्र रेग्मीले गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img