निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा एमालेको बिशाल जनसभा सम्पन्न ,५ सय जना एमालेमा प्रवेश

२०७८।१२।२७
स्थानिय निकायको निर्वाचन लक्षीत गर्दै पर्वतमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले )को बृहत जनसभा जिल्ला सदरमुकाम कुश्ममा शनिवार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा ५ सय भन्दा वढी एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । पर्वतमा एमालेले आयोजना गरेको विशाल जनसभा अहिले सम्मकै विशाल जनसभा रहेको आयोजकको दावी रहेको छ ।

कार्यक्रममा सहभागी हून गाउ गाउ वाट आएका हजारौ जनताहरु कार्यक्रम स्थल वान्द्रेविडी चौर देखी कुश्मा पोखरा राजमार्गमा समेत खचाखच भरिएको थियो । कार्यक्रममा एमाले उपमहासचिब पृथ्वीसुब्बा गुरुङ्ग, सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल,पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, नेकपाएमाले केन्द्रिय सदस्य कल्पना चापागाई, पर्वतबाट प्रतिनिधि सभा सदस्य पदम गिरी लगायतका नेताहरुको उपस्थिति थियो। सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा,एमालेको पक्षमा देशभर जनलहर देखिएको बताउनुभएको छ । एमालेको पक्षमा बढेको जनलहर देखेर गठबन्धनमा सामेल भएका दलहरु आत्तिन थालेको उहाले बताउनुभयो ।

पाँच दलीय गठबन्धनका बिरुद्ध एमाले एक्लै काफी भएको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई अरिंगाल भनेर टिप्पणी गर्नेहरुले आगामी चुनाबमा अरिगंगाल के हो भनेर देखाइदिने बताउनुभयो । कुस्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दा त्यसलाई हाँसोमजाकको बिषय बनाएको प्रति लक्षित गर्दै ओलीले रेल आउने कुरा धागो ताने जस्तो सजिलो छैन भन्नुभयो । रेल आउन समस्या लाग्छ’ उहाँले भन्नुभयो‘धागो ताने जस्तो उत्तिबेला नै तयार हुँदैछन।’ आफ्नो सरकारका पालामा रेल खरिद गरि राखेको र अहिले चलेको बताउँदै अन्य रेलमार्ग, सुरुङ्गमार्ग पनि क्रमस वन्दै जाने उहाले वताउनु भयो ।
एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एमाले पर्वतका उपाध्यक्ष तथा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्माले गर्नुभएको थियो भने सञ्चालन सचिब गोबिन्द पहाडीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img