निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतका सवै स्थानीय तहमा उम्मेदवारी दर्ता , नामवलीसहित

पर्वतमा स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार गरी पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजालले उमेदवारी दर्ता गराउनुभएको छ । शर्मा एमाले केन्द्रिय अनुशासन आयोगका पूर्व सदस्य हुन् भने रिजाल एमाले कुश्मा नगर कमिटिकी उप सचिव हुनुहुन्छ ।
एमालेले कुश्मा नगरपालिकाका १४ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता गरेको छ । वडा न १ मा रामप्रसाद रिजाल, वडा न २ मा मिनबहादुर रेग्मी, वडा न ३ मा तेजप्रसाद पाध्या, वडा न ४ मा ख्याम जिसी, वडा न ५ मा ज्ञानेन्द्र जोशी, वडा न ६ मा इश्वर गिरी, वडा न ७ मा सुवासचन्द्र पौडेल, वडा न ८ मा कुलप्रसाद पोखरेल, वडा न ९ म बासुदेव लामिछाने, वडा न १० मा रामचन्द्र सुवेदी, वडा न ११ मा बाबुराम पौडेल, वडा न १२ मा किशोर सापकोटा, वडा न १३ मा तेजप्रसाद शर्मा र वडा न १४ मा लोकबहादुर गुरुङले उमेदवारी दर्ता गर्नुभएको हो ।
यसैगरी कुश्मा नगरपालिकामा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशीले प्रमुख पदमा र माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शंकर गिरीले उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । कुश्माको प्रमुख पदमा राप्रपावाट प्रभु गुरुङ र उपप्रमुखमा मानकुमारी गिरीको पनि उम्मेदवारी दर्ता भएको छ । भने जनता समाजवादी पार्टीवाट प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीको उम्मेदवारी परेको छ । यता नेकपा एमालेले मोदी गाउँपालिकामा पनि उमेदवारी दर्ता गरेको छ । गाउँपालिकामा एमालेले अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछानेको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष शर्मा एमाले प्रदेश कमिटि सदस्य हुन भने लामिछाने एमाले जिल्ला उप सचिव तथा मोदी गाउँपालिका वडा न ६ तिलाहारका वडाअध्यक्ष हुन् । एमालेले मोदी गाउँपालिका ८ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता भएको छ ।
मोदी गाउँपालिका वडा न १ मा वडा अध्यक्ष टेकबहादुर गुरुङ, वडा न २ मा बेलबहादुर कार्की वडा न ३ मा देवेन्द्रबहादुर क्षेत्री, वडा न ४ मा टिका पुन, वडा न ५ मा तेजबहादुर क्षेत्री, वडा न ६ मा नन्दलाल सुवेदी, वडा न ७ मा दुर्गा प्रसाद शर्मा गौतम र वडा न ८ मा सुकबहादुर गुरुङले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । यसैगरी मोदी गाउँपालिकामा गठवन्धनको तर्फवाट अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल र नेपाली काँग्रेसका रामबहादुर प्रसाई जीवनले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी फलेवास नगरपालिकाको प्रमुखमा एमालेवाट पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीको उम्मेदवारी दिनुभएको छ । उहाँहरु दुवै यस अघि पनि नगर प्रमुख र उपप्रमुख रहनुभएको थियो । भने गठगवन्धनवाट नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारीले प्रमुख र माओवादीकी नेतृ शोभा क्षेत्रीले उपप्रमुखमा उम्ेमदवारी दिनुभएको छ । उता जलजला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट लालबहादुर अधिकारीले अध्यक्षमा र सुनिता जिसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ भने गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका राजु आचार्यले अध्यक्षमा र माओवादी केन्द्रका दिपक आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । महाशिला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट इश्वरी भुसालले अध्यक्षमा र धनसुवा विकले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । एमालेवाट वडा नं १ तिल वहादुर मल्ल, वडा नं २ दिपक गुरूङ, वडा नं ३ कणर् प्रताप गुरूङ, वडा नं ४ पुणर् मल्ल, वडा नं ५ एक बहादुर हमाल र वडा नं ६ गोविन्द विश्वकर्माको उम्मेदवारी परेको छ । भने गठवन्धनको तर्फवाट अशोक उचै ठकुरी अध्यक्षमा र एकीकृत समाजवादीका बिराज हमालले उपप्रमुखमा उमेदवारी दिएका छन् ।
त्यसैगरी विहादी गाउँपालिकामा नेकपा एमालेको तर्फवाट ओमबहादुर कुँवरले अध्यक्ष र मिना तिवारीले उपाध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ भने गठवन्धनवाट अध्यक्षमा परविन गुरुङ र उपाध्यक्षमा सन्तबहादुर गुरुङको उम्मेदवारी परेको छ । यता पैंयु गाउँपालिकामा नेकपा एमालेको तर्फवाट महेन्द्र श्रेष्ठले अध्यक्षमा र यामकुमारी रानाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ भने गठवन्धनको तर्फवाट तोरण मल्ल ठकुरी र उपाध्यक्षमा जानकी प्रधानको उम्मेदवारी दर्ता भएको छ ।
फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । कुश्माको उपप्रमुखमा स्वतन्त्रवाट माओवादी नेता शालिकराम शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img