निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकपा एमाले मोदीको घरदैलो तथा भेटघाट तिब्र, लेसपारमा कोण सभा सम्पन्न

पर्वत

स्थानिय निकायको चुनावको अव केही दिन मात्र वाकी रहदा नेकपा एमाले मोदीले मतदाताहरु संग भेटघाट लाई तिब्र वनाएको छ । गाउमा एमालेका कार्यकर्ता तथा उम्मेदवारहरु जनताका समस्याहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।
मंगलवार मोदी ४ मा घरदैलो कार्यक्रममा मोदी गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार हिरादेवी शर्मा उपाध्यक्ष पदका उम्मेदवार विमल लामिछाने , वडाअध्यक्ष पदका उम्मेवार टिका पून लगाएत सवै उम्मेदवारहरुले वडाका लेसपार , क्याङ , खुईजेरी लगाएतका सवै टोलमा मतदाताहरुलाई भेटघाट गर्दै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गर्नु भएको थियो ।

मोदीमा ४ मा नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी लक्ष्मी विक भने निर्विरोध निर्वाचित भएकी छिन् । नेकपाएमाले मोदीले वडा नं. ४ लेपारमा आयोजना गरेको कोण सभालाई सम्वोधन गर्दै गाउपालिका अध्यक्ष पदका उम्मेदवार हिरादेवी शर्माले मोदी गाउपालिको समग्र विकासका लागि नेकपाएमालेलाई पुन जिताउनु पर्ने वताउनु भयो । उहाले मोदी गाउपालिकामा नमुना कामहरु भैरहेको र समृद्ध मोदीका लागि पुन एमालेको आवश्यकता रहेकोमा सवैलाई मतदान गर्न आग्रह गनूभयो । तेसै गरि उपाध्यक्ष पदका उम्मेवार विमल लामिछानेले मोदीमा एमालेको जनलहर आएको वताउदै अवको ५ वर्षमा नुमना मोदी वनाउने समेत वताउनु भयो । मोदी गाउपालिाका अन्तर्गत नेकपा एमाले वाट वडा न १ मा वडा अध्यक्ष पदमा टेकबहादुर गुरुङ, वडा न २ मा बेलबहादुर कार्की वडा न ३ मा देवेन्द्रबहादुर क्षेत्री, वडा न ४ मा टिका पुन, वडा न ५ मा तेजबहादुर क्षेत्री, वडा न ६ मा नन्दलाल सुवेदी, वडा न ७ मा दुर्गा प्रसाद शर्मा गौतम र वडा न ८ मा सुकबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img