निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवासमा एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम खानिगाउमा सम्पन्न , मतदाता उत्साहित

वैशाख २५

नेकपा एमाले फलेवासको चुनावी अभियान अन्र्तगत आज फलेवासा ५ खानीगाँउमा मतदाता भेटघाट तथा कोण सभा सम्पन्न भएको छ ।
एमालेको चुनावी अभियान अन्र्तगत फलेवासका सवै वडाका घरधुरीमा भेटघाट तथा टोल टोलमा कोणसभा कार्यक्रम अन्र्तगत आज खानीगाउमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । उम्मेदवारहरु घरदैलोमानै पूग्दा मतदाताहरु उस्साहित भएका छन् ।
नेकपा एमाले फलेवासले वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त उपलब्धिहरु लिएर वाकी रहेका कामहरु सम्पन्न गर्ने प्रतिवद्धताका मतदाता समक्ष भेटघाट गर्दै घरदैलोमा पुगेको छ ।


भेटघाट कार्यक्रमकै शिलशिलामा खानीगाउको टंकीमा आयोजना भएको कोण सभालाई सम्वोधन गर्दै पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य विकास लम्सालले अहिलेको चुनावमा पनि देशै भरि एमालेको लहर छाएको वताउदै देशको विकासका लागि एमालेको विकल्प नरहेको वताउनु भयो । उहाले आफू मन्त्री हुदा समेत फलेवासको विकासका लागि उल्लेख्य कार्य विकासका कामहरु गरेको वताउदै फलेवासको मुहार फेर्न फेरीपनि एमालेलाई जिताउनु पर्ने वताउनु भयो ।

घरदैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी, वडा अध्यक्षका उम्मेदवार नारायण लामिछाने , दलित महिला सदस्य चित्र कुमारी सुनार , खुल्ला महिला सदस्य गिता सुवेदी , खुल्ला सदस्य,गिरिरराज शर्मा र हरि कुमार श्रेष्ठले खानिगाउका सवै टोलका मतदाताहरुलाई भेटघाट गर्देै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए । कोण सभामा विभिन्न पार्टी परित्याग गरि कोष प्रसाद रेग्मी ,रमेश चपाई लगाएतका१० जना दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।


कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्माले आफ्नो ५ वर्षे कार्यकालमा फलेवासको विकास उदाहरिणय वनाउन सफल भएको बताउँदै वाकी रहेका अधुरा कामहरुलाई पुरा गर्न यस पटक पुन मतदान गरेर जिताउन अपिल गर्नूभयो । उहाले समृद्ध फलेवासको चाहाना पुरा गर्न एमाले लाईनै जिताउनु पर्नेमा वताउनुभयो । कार्यक्रममा उपमेयरका उम्मेदवार मन्जु अधिकारी, वडा अध्यक्ष नारायण कुवंर लगायतले बोल्नुभएको थियो भने सञ्चालन नगर कमिटी सचिव गोविन्द भुषालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img