८ श्रावण २०७९ पर्वत /
पर्वतमा वाढिपहिरो पिडितले घर वनाएर सकेपनि अझै सम्म रकम पाउन सकेका छैनन् । २०७७ सालमा वाढी पहिरो वाट पूर्ण रुपमा घर क्षती भएका लाभग्राहीहरुले स्थानिय तहमा सम्झौता गरि २०७८ असारमा पहिलो किस्ता लिएर घर निर्माण गरेका हुन् ।
घर निर्माण भएको १ वर्ष पूग्दा पनि वाढि पिडितहरुले रकम नपाउदा चिन्ता व्यक्त गरेका छन् । घर निर्माण चरणमानै दोस्रो किस्ता वापतको रकम आउनु पर्ने हो सम्झौतामा उल्लेख भएपनि आफुले अहिले सम्म रकम नपाएको फलेवास ८ का सोमराज रिजालले गुनासो गरे ।
दोस्रो किस्ता निकासका लागि धेरै पल्ट फलेवास नगरपालिकामा पूग्दा फाइल माथी पठाएको छ रकम आउछ भनेर चित्त वुझाउदा १ वर्ष वित्यो जिल्ला प्रशासनमा फोन गर्दा माथी वाटै पैसा नआएको जवाफ पाए । आफुले समयमानै घर वनाएर सक्दा पनि पैसा नपाएको उनले गनासो गरे ।
पर्वत फलेवास ८की वेलीविकले वर्षातले घर भत्तिएकोमा नया घर वनाएर वस्न पाउदा खुसी व्यक्त गरिन तर घर वनाउदा ऋण खोजेर वनाएको र वर्षदिन पुग्दापनि राज्य वाट अनुदान वापतको रकम नपाउदा दुःख लागेको विकले वताईन् ।
पर्वतमा करिव ९० जना लाभग्राही रहेका छन् । स्थानिय तहमा घर पुननिमार्णका लागि सम्झौता गरे पनि रकम निकासा भने जिल्ला प्रशासन कार्यालय मार्फत हुने व्यवस्था रहेको छ ।
पर्वतका अधिकांश वाढीपिडित लाभग्राहीहरुले अझै सम्म पहिलो किस्ता वाहेको रकम पाउन सकेका छैनन् । पालिका स्तरवाट समयमानै अनलाइन डाटा इन्ट्री नभएका कारण व्यवस्थापनमा ढिला भएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । घर वनाउन प्रदान गरिने अनुदान रकममा संघिय सरकार वाट ६० प्रतिशत र वाकी प्रदेश सरकार र स्थानिय पालिकाले वेहोर्नुपर्ने व्यवस्थारहेको पनि सुवेदीले जानकारी दिनु भयो । स्थानिय विपत व्यवस्थापन समितिले निर्णय गरेपछी अव छिट्टै लाभग्राहीहरुको खातामा रकम पठाउने समेत उहाले जानकारी दिनु भयो ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय मार्फत वाढीपिडितहरुको रकम निकासा हुने व्यवस्था रहेको छ । गृह मन्त्रालय वाट रकम निकासामा ढिलाइ हुदा लाभग्राहीहरुलाई समयमानै रकम उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।








