निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत फलेवासमा १४ वटा आयोजना सम्पन्न


डिल व वि.क /
१२ श्रावण पर्वत /
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पर्वतको फलेवास नगरपालिकामा गत आ.व मा १४ वटा आयोजना सम्पन्न भएका छन् । जस अन्र्तगत २ ग्रामिण सडक र १२ वटा पदमार्ग सम्पन्न भएका हुन् ।
योजना निर्माणमा १५१ जना बेरोजगार व्यक्तिहरुको सहभागिता रहेकोमा नेपाल सरकारको श्रोत वाट ९० जना र यूवा रोजगारका लागि रुपान्तरण पहल आयोजनाको श्रोतवाट ६१ जना रोजगारमा संलग्न भएको फलेवास नगरपालिकाले जनाएको छ ।
फलेवास नगरपालिकामा ग्रामिण भेग बढि भएकोले मानिसहरुलाई आवत जावत गर्न सहजतका लागि पद मार्ग निर्माणलाई बढि प्राथामिकतामा राखिएको छ । सार्वजनिक पूर्वधारहरुको निर्माण तथा मर्मत सम्भार मार्फत रोजगार कार्यक्रम संचालन गरिएकोले स्थानिय स्तरमा प्रभावकारी भएको रोजगार संयोजक शिव बहादुर क्षेत्रीले वताउनु भयो ।


रोजगार कार्यक्रममा विपन्न वर्गहरुको सहभागिता रहेकोले उनिहरुको जिविकोपार्जनमा सहयोग पुगेको फलेवास नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८।०७९ मा ८९२ जना बेरोजगार व्यक्तिहरुले रोजगारका लागि आवेदन गरे पनि १५१ जना मात्र कार्यक्रममा सहभागि भएका छन् । शैक्षिक वेरोजगारहरुलाई उनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारमा लगाउन नसक्दा न्यून आर्थिक स्थिती भएका व्यक्ति मात्र श्रमिकको रुपमा कार्यक्रममा सहभागी भएका हुन् ।


प्रधानमन्त्री रोगजार कार्यक्रम न्यूनतम ज्यालामा न्यूनतम रोजगार दिने कार्यक्रम रहेको र योग्यता शिपमा कमी भएकाहरुलाई दैनिकी चलाउनका लागि सहयोग पूग्ने कार्यक्रम रहेको फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारीले वताउनु भयो । कार्यक्रमले वेरोजगार व्यक्तिहरुलाई सार्वजनिक पूर्वधारहरुको निर्माण तथा मर्मत सम्भारको काम दिई स्वरोजगार वनाउने तथा घर व्यवहार र दैनिकी चलाउन समेत सहगोग पूने भएकोले यस कार्यक्रममा सहभागि हुन उहाले अनुरोध गनूभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी वनाउन आगामी दिनमा जनप्रतिनिधी ,कर्मचारी, स्थानिय वुद्धिजीवीको सहयोग लिएर अगाडी वढाइने र लक्षित वर्ग सम्म पर्याउने योजना रहेको फलेवास नगरपालिकाका रोजगार संयोजक शिव बहादुर क्षेत्रीले वताउनु भयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img