निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कोरोना कहरले वैदेशिक रोजगार गुमेपछि व्यवसायिक कृषिमा लागेका भूषाल नमुना कृषक बन्दै

२७ आश्विन पर्वत /आर्थिक उन्नतीका लागि लामो समय विदेशमा श्रम र पसिना वगाएका पर्वत शंकरपोखरीका मिन प्रसाद भुषाल यतीबेला आफ्नै कृषि व्यवसायमा रमाएका छन् । उमेरले ४० पुगेका भुषाल साझ विहान आफ्नै तरकारी वारीमा भेटिन्छन् । छुट्टीमा घर आएका मिन प्रसाद कोरोनाको महामारीले गर्दा समयमा साउदीको कम्पनीमा पुग्न नसक्दा वैदेशिक रोजगार गुमाएका हुन् । बिकल्पमा कृषि व्यवसाय रोजेका उनी यतीवेला भने व्यावसाय संगै आफनै परिवार संग दिन विताउदा पाउदा खुसी देखिन्छन् ।


विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या कामनै तरकारी बारीमा काम गर्ने र ताजा तरकारी उत्पादन गरि विक्रीगर्ने रहेको छ । भुषालले वार्षिक १२ टन तरकारी उत्पादन गर्ने गरेको र मासिक ३० देखी ४० हजार आम्दानी हुने हामीलाई वताए । उमेर ३० पुगे पछि घर छोडेर पराई देशमा पुगेका भुषालले १० वर्ष भारत र खाडी मुलकमा विताएका दिन सम्झदै विदेशमा जसरी दुःख गर्न सके यहीको माटोमा सुन फलाउन सकिने हामीलाई वताए ।
गांँउका साथी भाई धन कमाउन बाहिर गएको देख्दा उनको मन गाँउमा अडिन सकेन विवाह गरेर उनि भारतमा गएर नोकरी गर्न थाले २ वर्ष विताएपछि उनी फेरी मलेसिया गए ४ वर्ष वस्दा पनि केही प्रगती नभएपछि उनि फेरी साउदीमा ४ वर्ष विताए विदामा घर आएका भुषाल कोरोनाका कारण रोजगारी गुमेपछि वैदेशिक रोजगारको विकल्पमा कृषि पेशामा लागेका हुन् ।
अहिले यही पेशमा सन्तुष्टी भएको उहाले हामीलाई बताए । वैदेशिक रोजगार गुमे पछि स्थानिय आमा समुहको प्रेणाले कृषि व्यवसायमा लागेको पनि उहाले हामीलाई बताए । पछि पछिल्लो चरणमा उनले कूश्मा नगरपालिका ९ साइकलचोकमा प्लाष्टिक घरमा वेमौषमी तरकारी उत्पादन गरि विक्री वितरण गर्दै आएका छन् ।


भुषालले अहिले ३ वटा प्लाष्टिक हाउसमा गोलभेडा ,साग ,मुला सिमी काउली फलाउदै आएका छ्न् । वेमौसमी तरकारी खेती गर्दा वजारको समस्या नहुने र राम्रो आम्दानी हुने हूदा उनले मुख्यगरि वमौसमी तरकारी खेती गर्ने गरेको, हामीलाई जानकारीे दिए । आफूले उत्पादन गरेको तरकारी अर्गानिक भएका कारण एक पटक किन्ने ग्राहले पुन किन्न आउने गरेको पनि उनले सुनाए । नेपाल सरकार वाट यूवाहरुलाई कषि व्यवासयमा आकर्षण गर्नका लागि ठोस कार्यक्रम नभएका कारण पनि आफु जस्ता हजारौ यूावाहरु खाडी मुलुक जान वाध्य भएको उनले हाम्रो भेटमा बताए । पछिल्लो समय यूवा स्वरोजगार कार्यक्रम अन्र्तगत यूवाहरुलाई सहुलिएतमा ऋण उपलब्ध गराउने सरकारको निति भएपनि ऋण माग गर्दा धितो राख्नु पर्ने तथा झन्झटिलो प्रक्रिया रहेकोका कारण पनि आफुले व्यवसाय संचालनका लागि सरकारवाट सुलभ कर्जा लिन नसकेको उनको भनाई रहेको छ । यूवा वर्गहरुलाई व्यवसायमा लाग्न जोशजागर भएपनि धितो राख्ने जग्गा नुहदा वैंकले कर्जा लगानी नगर्नेुहदा यूवाहरु निराश हुनुपरेको भुषालको भनाइ छ । सरकारले यूवाहरुलाई सुलभ कर्जा दिएर आफ्नौ देशमा स्वारेजगार गराउन सकेमा यही दिगो कृषिक्रान्ती हुन सक्ने सम्भावना रहेको उनले वताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img