पर्वत । राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा प्रभातफेरी कार्याक्रमको आयोजना गरिएको छ । “स्वस्थ्य जीवन चाहाना योग शिक्षा र साधना” भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वौल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य भक्त कुवंरले योग जीवन शैलीले मानिसमा सकारत्मक सोचको विकास हुनुका साथै हरेक स्वास्थ्य समस्यहरु न्यूनीकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने हुनाले योग जिवन शैली अपनाउदा राम्रो हुने वताउदै आयोजकले पर्वतमा पनि योग शिविर आयोजन गर्न लागेकोमा धन्यवाद व्यक्त गनूभयो । कार्यक्रमा प्रमुजिल्ला अधिकारी ,नारायण प्रसाद सापकोटा , जिल्ला समन्वय समितिका प्रमुख विष्णूराम वि.क. ,पर्वतका सरकारी कार्यालयका प्रमुृख सुरक्षाकर्मी , स्वस्थ्यकर्मी व्रहमाकुमारी इश्वरिय विश्वविद्यालयका प्रमुख प्रतिनिधी लगाएत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

स्वस्थ्य कार्यालय पर्वत, कुश्मा नगरपालिका र जिल्ला आयूवेर्दिक कार्यालय पर्वतको संयूक्त आयोजना तथा व्रहमाकुमारी इश्वरिय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पर्वत तथा पतञ्जली समिति पर्वतको साझेदारीमा कार्यक्रम सम्पन्न भएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले जानकारी दिनु भएको छ ।
योग दिवसकै अवसरमा माघको पहिलो हप्ता वाट १२ दिने निशुल्क योग अभ्यास शिविर आयोजना गरिने उँहाले जानकारी दिनु भयो । कार्यक्रमका विभिन्न व्यक्तिहरुले योगको महत्वको वारेमा वोल्नुभएको वोल्नुभएको थियो ।
पछिल्लो समय नसर्ने रोगका विरामीहरु वढ्दै गएको र रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापलको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविर आयोजना गर्न लागिएको कार्यालय ले जनाएको छ ।
प्रमखु जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला आयूवेर्दीक कार्यालय पर्वतका नि प्रमुख रामकृष्ण भुजेलले गनूभएको थियो भने कार्यक्रमको संचालन प्रकाश चन्द्र सुवेदीले गर्नुभएको थियो ।









