पर्वत । सहिद हरिदत्त तिवारी स्मृती प्रतिष्ठानद्धारा दृष्टि बिहिन विदार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आइतवार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरि कुश्माको शिवालय माविमा रहेका १२ जना दृष्टि बिहिन विदार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता तथा संविधान सभाका सदस्य अर्जुन प्रसाद जोसीले हरिदत्त तिवारी विकासप्रेमी व्यक्ति भएको स्मरण गराउदै समाज परिर्वनका लागि उहाको अभाव रहिरहेको वताउनु भयो साथै तिवारीको सपना पुरा गर्ने सवैको दायित्व भएको वताउदै स्मृती प्रतिष्ठानद्धारा समाजमा नया नया कार्यहरु गर्न पनि उहाले सुझाव दिनु भयो ।

हरेक वर्ष सहिद हरिदत्त तिवारीको सम्झनामा कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यस वर्ष दृष्टि बिहिन विदार्थीहरुलाई न्यानो कपडा वितरण तथा उहाको घर शंकरपोखरीमा उहाको सम्झनामा भजन प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानका प्रमुख संरक्षक तथा फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका ६ का वडाअध्यक्ष इश्वर गिरी , सरस्वती शर्मा जिज्ञासु लगाएत विभिन्न व्यक्तिहरुले उहाको सम्झना गर्दै मन्तव्य राख्नु भएको थियो ।
सहिद हरिदत्त तिवारी स्मृती प्रतिष्ठानका अध्यक्ष अर्जुन वहादुर कार्कीको अध्यक्षतामा शिवलाय माविमा आयोजना गरिएको कार्यक्रम मा स्वागत मन्तव्य विद्यालयका प्रअ भुपेन्द्र चापागाइले राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव नर व थापाले गर्नूभएको थियो ।









