निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

ग्रामिण भेगमा संचालित टेलिमेडिसिन लाई आर्थिक संकलन गर्न परोपकारी रात्रीभोज आयोजना

यूके/ पर्वतको ग्रामिण भेगमा सञ्चालित चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन लाई आर्थिक संकलन गर्न यूकेमा परोपकारी रात्री भोजको आयोजना गरिएके छ ।
चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अघि वढेको हो ।
ग्रामिण भेगमा स्थापना गरिएको टेलिमेडिसिनले गरिव तथा विपन्न समुदायलाई प्रतक्ष फाइदा पुगेको महसुस गर्दै चारभन्ज्याङ तमु समाज यूकेले आर्थिक संकलन अभियान अन्तर्गत परोपकारी रात्री भोजको आयोजना गर्न लागेको तमु समाज यूकेका अध्यक्ष बेन कुमार गुरुङले जानकारी दिनु भएको छ ।
यही फेब्रुवरि २५ गते आयोजना गरिएको परोपकरी रात्रीभोज कार्यक्रममा संकलित रकमले चार भञ्ज्याङ स्वस्थ केन्द्र टेलिमेडिसिनको सेवा प्रभावकारी वनाउन खर्च गरिने उहाले जानकारी दिनुभयो ।
टेलिमेडिसिनमा आउने विरामीहरु चार भञ्ज्याङ क्षेत्रको मात्र नभई नेपालका विभिन्न बिभिन्न ठाउँ बाट आउने गरेको र सवैलाई उपचार सेवा दिदै आएको साथै बिमारि हरुलाई निशुल्क औषधी प्रदान गर्दै आएको वताउदै सवै सहयोगी हातहरुलाई दिल खोलेर पवित्र कार्यमा सहयोग गर्न उहाले अपिल गर्नु भयो ।

हालसम्म क्लिनिक बाट जम्मा २६ ह्जार बिमारिले निशुल्क स्वस्थ सेवा सुबिधा पाएका छन् । भने १७४ भन्दा बढीले अन्लाईन मार्फत रोग पत्त लगाइ स्वास्थ्य सेवा लिएका छन् ।

टेलिमेडिसिनमा संसार भरिबाट ७८ देशका ७०० भन्दा बढी स्वास्थ्य चिकित्सकहरु संलग्न रहेको छन् । चार भञ्ज्याङ्ग स्वास्थ्य केन्द्र टेलिमेडिसिनले वेलायतमा रहेको स्वीन्फन च्यारिटियवल ट्रष्ट संस्था संग सम्पर्क समन्वय गरि विशेषज्ञ डाक्टरहरु द्धारा अनलाईन मार्फत प्रत्यक्ष उपचार प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img